भद्रपुर (झापा) — झापाको भद्रपुर नगरपालिका–८ एयरपोर्ट नजिक रहेको होटल उडल्याण्डको स्विमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत, बिहार राज्य अन्तर्गत किसनगंज जिल्लाको झरमगञ्ज टोल निवासी सचिन गोस्वामीका अन्दाजी ८ वर्षीय छोरा बिरु गोस्वामी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार गोस्वामी सपरिवार आइतबार घुम्न झापा आएका थिए। सोही होटलमा बस्ने क्रममा आइतबार साँझ साढे ६ बजे बालक बिरु स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेका थिए। तत्कालै उद्धार गरी ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारका लागि लगिए पनि साँझ करिब सात बजे बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares