४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

भारतीय महिला प्रिमियर लिगका पाँच कप्तान

द नेप्लिज संवाददाता
२ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर– क्रिकेटको विमेन प्रिमियर लिग भनौ वा महिला प्रिमियर लिगको तेस्रो सिजन शुक्रबार सुरु भएको छ । यो सिजनको पहिलो प्रतिस्पर्धा गत वर्षको विजेता टिम रोयल च्यालेन्जर्स र गुजरात जायन्ट्सको बीच गुजरातको बडोदरामा भएको छ ।

भारतीय बलर स्मृति मंधानाले रोयल च्यालेन्जर्स बेंग्लुरुको कप्तानी र गुजरात जायन्ट्सको कमाण्ड एस गार्डनरको हातमा छ । यो लिगमा गत वर्ष स्मृति मंधाना, हरमनप्रीत कौर र म्याग ल्यानिङले रनको वर्षा गरेका थिए । राधा यादव र शबनिम इस्माइलले स्मरणीय बलिंग गरेका थिए ।

स्मृति मंधानालाई क्रिकेटको संसारमा उत्कृष्ट ब्याटरमा गनिन्छ । भारतीय महिला क्रिकेट टिमको धरोहर २८ वर्षीया मंधाना महाराष्ट्रकी हुन् । भाइ श्रवणको प्रेरणाले छ वर्षको उमेरदेखि उनले क्रिकेट खेल्न थालिन् । ११ वर्षकै उमेरमा उनको छनोट महाराष्ट्रको अण्डर–१९ टिममा भएको थियो । 

उनी अन्तर्राष्ट्रिय टी–२० खेल्ने दोस्रो भारतीय हुन् । मंधानाले आफ्नो पहिलो अन्तर्राष्ट्रिय म्याच १६ वर्षको उमेरमा खेलेकी थिइन् । डिभिजन ए क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो भारतीय महिला क्रिकेटर बनेपछि उनी चर्चामा आइन् । मंधानाले महाराष्ट्रको तर्फबाट खेल्दै गुजरात विरुद्ध १ सय ५० बलमा २ सय २४ रन बनाएकी थिइन् ।

उनले अहिलेसम्म १ सय ४८ टी–२० प्रतिस्पर्धा खेल्दै करिब २९ को औषत र १ सय २३ को स्ट्राइक रेटले ३ हजार ७ सय ६१ रन बनाइसकेकी छन् । मंधानाले टि–२० क्रिकेटमा ३० अर्ध शतक बनाइसकेकी छन् । उनको कप्तानीमा रोयल च्यालेन्जर्स बैंग्लुरु महिला प्रिमियर लिग २०२४ को उपाधी जित्न सफल भएको थियो । सन् २०१८ र २०२२ मा आईसीसी विमेन क्रिकेटर अवार्ड पाइन् । सन् २०२४ मा एक दिवसीय खेलको सर्वश्रेष्ठ महिला क्रिकेटर बनिन् ।

यो वर्षको यस लिगमा मुम्बइ इन्डियन्सको कप्तानी हरमनप्रीत कौरले सम्हालेकी छन् । मुम्बइ इन्डियन्सले यो लिगको पहिलो सिजन अलराउण्डर कौरकै नेतृत्वमा जितेको थियो । पञ्जाबकी उनी भारतीय महिला क्रिकेट टिमको कप्तान हुन् । आफ्नो दमदार स्ट्राइकिंगको कारणले क्रिकेटको संसारमा हरमनप्रीतले चाँडै पहिचान बनाइन् ।  

उनलाई सानैमा क्रिकेटसँग प्रेम भएको थियो । हरमनप्रीतले सन् २००९ मा २० वर्षको उमेरमा अन्र्तराष्ट्रिय क्रिकेटको यात्रा तय गरेकी थिइन् । त्यही वर्षको जुनमा आईसीसी महिला वल्र्ड २०–२० मा उनले पाइला राखिन् । सन् २०१६ को नोभेम्बरमा उनलाई स्थायी रुपले वेस्टइण्डिज विरुद्धको सिरिजका लागि भारतीय टि–२० टिमको कप्तान नियुक्त गरियो ।

हरमनप्रीत कौरले अहिलेसम्म १ सय ७८ टि–२० म्याच खेल्दै झण्डै २९ को औषतले ३ हजार ५ सय ८९ रन बनाइसकेकी छन् । उनले टि–२० मा १४ अर्ध शतक र एक शतक बनाएकी छन् । टि–२० मा उनको बेस्ट स्कोर १ सय ३ रन हो । हरमनप्रीत सबैभन्दा बढी टि–२० प्रतिस्पर्धा खेल्ने महिला क्रिकेटर पनि हुन् ।

भारतीय महिला क्रिकेट टिमको आलराउण्डर दीप्ति शर्माले यो लिगको यस सिजनमा यूपी वारियर्सको कप्तान छिन् । उनी यो सिजनमा मंधानापछि दोस्रो सबैभन्दा महंगो भारतीय खेलाडी पनि हुन् । दीप्तिले केही वर्षदेखि सानदार प्रदर्शनका कारणले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएकी छन् ।

उनी उत्तर प्रदेशको आगराकी हुन् । दीप्तिको क्रिकेट यात्रामा उनको पिताले पहिलो कोचको भूमिका निर्वाह गरे । केवल ९ वर्षको उमेरमा उनले क्रिकेट खेल्न सुरु गरिन् । १२ वर्षकै उमेरमा दीप्तिको छनोट उत्तर प्रदेश क्रिकेट टीमका लागि भएको थियो । सन् २०१४ मा उनी भारतीय क्रिकेट टिमको अंग बनिन् । महिला टि–२० मा १ हजार ८६ रन जोड्नुका साथै १ सय ३८ विकेट लिने पहिलो भारतीय क्रिकेटरको कीर्तिमान दीप्तिकै नाममा छ ।

अष्ट्रेलियाली म्याग ल्यानिङ यो महिला प्रिमियर लिगमा दिल्ली क्यापिटल्सको कप्तानी गर्दैछिन् । यो लिगको पहिलो सिजनमा उनी सबैभन्दा बढी रन बनाउने खेलाडी थिइन् । पहिलो सिजनको ९ पारीमा उनले ३ सय ४५ रन बनाइन् । 

क्रिकेटको संसारमा उत्कृष्ट कप्तानमध्येमा म्याग ल्यानिंग पनि हुन् । उनले क्रिकेट करियरको २ सय ४१ अर्न्तराष्ट्रिय म्याचमा ८ हजारभन्दा बढी रन बनाइसकेकी छन् । पाँच टी–२० वर्ल्ड कप र एक कमनवेल्थ गोल्ड मेडल जित्ने अष्ट्रेलियाली टिममा ल्यानिंगको अहम भूमिका छ । 

उनको कप्तानीमा अष्ट्रेलियाली टिमले वनडेमा लगातार सबैभन्दा बढी जितको रेकर्ड बनाउनुका साथै टी–२० वर्ल्डकपमा दुई पटक उपाधी जितिसकेको छ । सन २०१४ मा उनले आफ्नो टिमलाई बंगलादेशमा आयोजित महिला वर्ल्ड टि–२० मा उपाधि जिताइन् । उनी अष्ट्रेलियाको कप्तानी गर्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन् ।ल्यानिंगले अहिले सम्म खेलेको १ सय ३२ टि–२० मा ३ हजार ४ सय ५ रन बनाइसकेकी छन् । उनले टी–२० मा ४ विकेट पनि लिएकी छन् । 

अष्ट्रेलियाकी एसली  गार्डनरको नाममा पनि कैयौं उपाधि छ । उनी महिला प्रिमियर लिगको यो सिजनमा गुजरात जायन्ट्स टीमकी कप्तान छिन् । सन् २०२३ मा गार्डनरलाई गुजरात टिमले ३.२ करोड भारुमा किनेको छ । 

गार्डनरले सन् २०१७ मा न्यूजिल्याण्डविरुद्ध अर्न्तराष्ट्रिय क्रिकेटमा पाइला राखेकी थिइन् । उनले यही वर्ष महिला बीबीएलमा सिडनीको तर्फबाट खेल्दै ५२ बलमा १ सय १४ रनको बबाल पारी खेलेकी थिइन् । उनी ब्याटसँगै बलले पनि कमाल देखाउँछिन् ।  गार्डनरसँग ९५ वटा टि–२० प्रतिस्पर्धा खेलेको अनुभव छ । उनले १ हजार ४ सय ११ रन बनाउनुका साथै ७८ विकेट पनि लिएकी छन् । गार्डनरले टि–२० मा ६ अर्ध शतक प्रहार गरेकी छन् । एक पारीमा १२ रन खर्चेर पाँच विकेट लिएको उनले रेकर्ड पनि बनाएकी छन्  ।

प्रकाशित : २ फागुन २०८१, शुक्रबार 21:53
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved