६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

गर्ल्स अन ह्विल प्रतियाेगिता हुँदै

द नेप्लिज संवाददाता
२१ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर– नारी दिवसको अवसरमा विराटनगर प्राइम राउण्ड टेवल-१० ले फागुन २४ गते विराटनगरमा ‘गर्ल्स अन ह्विल’ प्रतियोगिता आयाेजना गर्ने भएको छ ।

आयोजकले बुधबार पत्रकार सम्मेलन गरी पाँचाैँ संस्करणको गर्ल्र्स अन ह्विल प्रतियोगिता आयाेजना गर्न लागेकाे जनाएकाे छ । प्रतियाेगितामा महिलाहरुले मात्रै भाग लिन पाउनेछन् ।

प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा १ सय वटा स्कुटरको सहभागि गराउने लक्ष्य रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागि जनाउनेहरुको लागि १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क रहेको छ । १५ सय रुपैयाँ तिरेपछि एउटा स्कूटरमा दुई जनाले भाग लिन पाउने प्रतियोगिताको संयोजक योगेश राठीले बताए ।

‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको छ । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क हुने गर्दछन्`, उनले भने, ´हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु हुन्छ । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगीहरुले नम्बर प्राप्त गर्दछन् । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिनेछ ।’

विराटनगरस्थित सिटी प्यालेसबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगीहरुले खेलमा समावेश भएर सोही स्थानमा आएर कार्यक्रम समापन हुने प्रतियोगिताको अर्को संयोजक रजत गुप्ताले बताए । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको द्धितीय र तृतीयलाई पनि क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु पनि हुनेछ । सो कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकाहरुबाट मनोरञ्जनका कार्यक्रमहरु हुने संयोजक राठीले जानकारी दिए । कार्यक्रम स्थलमा फुडस्टल, फेस पेन्ट्रिङलगायतका स्टलहरु पनि रहेछ ।

प्रकाशित : २१ फागुन २०८१, बुधबार 14:42
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved