विराटनगर– इलामको फाकफोकथुम–३ आमचोक (सल्लेरी) का २० वर्षीय उमेश गिरी चैत १ मा प्रहरी चौकी आमचोक पुगे । उनले १९ वर्षीया पत्नी विमला कट्टेल हराएको निवेदन दिएका थिए । गर्भवती श्रीमती बेपत्ता भएको जानकारी दिएपछि प्रहरीले खोजीका लागि विशेष टोली गठन गर्यो ।
चैत १५ को बिहान १ बजे विमलाको शव घरदेखि करिब डेढ घन्टाको पैदल दूरीमा भेटियो । शव गोलाई (धार्नेखोप) स्थित कच्ची सडकको बीचमा करिब ५ फिट गहिरो खाल्डो खनेर गाडिएको अवस्थामा फेला पर्यो । घटनाको अनुसन्धान गर्दै जाँदा जब प्रहरी निष्कर्षमा पुग्यो, उनीहरू नै चकित परे।
प्रहरीका अनुसार गर्भवती बिमलाको हत्या अरू कसैले होइन, उनकै पति उमेश गिरीले गरेका रहेछन् । अनुसन्धान अनुसार एक्स्काभेटर चालक उमेशले विमलालाई घुम्न जाऔं भनेर धार्नेखोप लगे ।
त्यहाँ पुगेर उनले मुक्का प्रहार गरी लडाएपछि घाँटी थिचेर हत्या गरे । त्यसपछि एक्स्काभेटर प्रयोग गरी खाल्डो खनेर शव गाडिएको पाइएको छ । प्रहरीले चैत १२ मा नै उमेशलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । सोधपुछका क्रममा उनले आफैले हत्या गरी शव गाडेको स्वीकारेपछि प्रहरी उनलाई लिएर घटनास्थल पुगेको थियो । त्यहाँ उनको देखाएको स्थानमै शव भेटियो ।
प्रारम्भिक अनुसन्धानअनुसार विवाहेत्तर सम्बन्ध नै हत्याको प्रमुख कारण देखिएको छ । यस हत्याकाण्डले स्थानीयलाई स्तब्ध बनाएको छ भने प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares