विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटबल इजलासले थुनामा पठाउने आदेश गरेको छ ।
उच्च अदालत तुलसीपुरको बुटबल इजलासका न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।
अदालतले सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि पार्टीका नेताहरू पार्टीको भावी रणनीति बारे छलफलमा थालेका छन् । काठमाडौंमा उपलब्ध नेताहरू अदालतको आदेशले सृजित परिस्थितिको बारेमा ठोस रणनीति र पार्टीको धारणा बनाउन छलफलमा जुटेको रास्वपा सचिवालयका एक नेताले जानकारी दिए ।
रास्वपाले शनीबार चितवनमा आयोजना गर्न लागेको जनयात्रा शुभारम्भ कार्यक्रममा सभापति लामिछाने सहभागी हुने कार्यक्रम तय गरेको थियो ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares