विराटनगर– सानदार तलब पाउने गरी अजरबैजान र सर्बिया पठाइदिने विश्वास दिलाएर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर–९ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–६ का २६ वर्षीय सुन्दर केसी र काठमाडौँ टोखा नगरपालिका–८ बस्न बाग्लुङ निसीखोला गाउँपालिका–६ का ५१ वर्षीय किरण घर्ती छन् ।
पक्राउ मध्ये सुन्दरले अजरबैजान पठाउने नाममा २ जना पीडितहरूबाट १२ लाख ७० हजार रूपैयाँ र किरणले सर्बिया पठाउने भनेर थप २ पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन्दरलाई काठमाडौँ–२२ बाट मंगलबार तथा किरणलाई काठमाडौँ–३ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares