बैंकक (रोयटर्स)– म्यानमारका सैनिक शासकहरूले शनिबार एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको भूकम्पपछि सयौं विदेशी उद्धारकर्मीलाई देशमा प्रवेश गर्न अनुमति दिएका छन् । यो गरिब र युद्धग्रस्त देशमा आएको वर्षौंको सबैभन्दा ठूलो प्राकृतिक प्रकोप हो ।
शुक्रबारको ७.७ म्याग्निच्युडको भूकम्प जुन पछिल्लो शताब्दीमा दक्षिणपूर्वी एशियाली देशमा आएको सबैभन्दा ठूलो भूकम्प मध्ये एक हो । यसले हवाई अड्डा, पुल र राजमार्गहरूलाई क्षतिग्रस्त गर्यो । अर्को तिर यहाँ गृह युद्धले अर्थतन्त्रलाई नष्ट गर्दै लाखौंलाई विस्थापित गरेको छ ।
म्यानमारमा भूकम्पमा ज्यान गुमाउनेको संख्या शनिबार १ हजार २ पुगेको सैनिक सरकारले जनाएको छ । छिमेकी थाइल्याण्डमा जहाँ भूकम्पले भवनहरूलाई हल्लाएको र बैंककमा निर्माणाधीन गगनचुम्बी भवन एकै पटकमा ढल्दा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
म्यानमारको दोस्रो ठूलो शहर म्यान्डलेमा उद्धार कार्यका लागि भारी यन्त्र र सरकारी जनशक्तिको अभावमा भवनको भग्नावशेषमा पुरिएका जीवित व्यक्तिहरूलाई बचाउन स्थानीयले हातले माटो पन्छाउने प्रयास गरिरहेका दृस्यहरु देखिएका छन् ।
शनिबार म्यानमारको छिमेकी राजधानी बैंकमा ३३ तल्ले टावरको ध्वस्त स्थलमा फसेका म्यानमारका श्रमिक सहित ४७ जनाको उद्धार कार्य जारी छ । अमेरिकाको भूगर्भ सेवा (युएसजीएस) का पूर्वानुमान मोडेलले म्यानमारमा मृतक संख्या १० हजार भन्दा बढी पुग्न सक्छ । यो क्षतिले देशको वार्षिक आर्थिक उत्पादनलाई पनि असर पार गर्न सक्छ ।
अंतर्राष्ट्रिय सहयोगको दुर्लभ आह्वान गरेको एक दिन पछि, म्यानमारका जुण्टा प्रमुख, सीनियर जनरल मिन आउङ हलाइङ, भूकम्पको केन्द्र नजिकको म्यान्डले पुगे, जहाँ भवनहरू भत्किए र कतिपय स्थानमा आगो लागेको थियो । ‘राज्य प्रशासन परिषदको अध्यक्षले उद्धार र खोजी कार्यलाई तीव्र बनाउन र कुनै पनि आपतकालीन आवश्यकता समाधान गर्न निर्देशन दिएका छन्,’ जुण्टाले सरकारी मिडियामा जारी गरेको विज्ञप्तिमा भनेको छ ।
म्यानमारको विपक्षी राष्ट्रिय एकता सरकारको प्रारम्भिक मूल्यांकनको अनुसार भूकम्पले कम्तिमा २ हजार ९ सय भवनहरू, ३० सडकहरू र ७ पुलहरूलाई क्षति पुर्याएको छ । ‘ठूलो क्षतिको कारण नेपिटो र मण्डले अन्तर्राष्ट्रिय विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको छ,’ राष्ट्रिय एकता सरकार(एनयुजी) ले भन्यो । म्यानमारमाा २०२१ को सैनिक सत्ता परिवर्तनपछि विस्थापित निर्वाचित नागरिक सरकारलाई यहाँ एनयुजी भनिन्छ ।
एक जानकारका अनुसार नेपिटो विमानस्थलको कन्ट्रोल टावर ढल्दा सञ्चालन गर्न सक्ने अवस्था रहेन । चिनियाँ उद्धार टोली म्यानमारको वाणिज्यिक राजधानी याङ्गुन पुगेको छ । म्यान्डले र नेपिटोबाट सयौं किलोमिटर टाढा रहेको क्षेत्रतर्फ उनीहरु बसमा जानेछन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले शनिबार जुण्टा प्रमुखसँग फोनमा कुराकानी गरेको छ । बेइजिङले १३.७७ मिलियन डलरको सहायताको घोषणा गरेको छ । यसमा टेन्ट, कम्बल र आपतकालीन चिकित्सा किटहरू सामेल छन् ।
संयुक्त राज्य अमेरिकाले म्यानमारको सैनिक शासनसँगको परीक्षणपूर्ण सम्बन्ध र यसको अधिकारीहरूलाई प्रतिबन्ध लगाएको छ । तर अमेरिकाले यो कठिन घडीमा केही सहयोग दिने जनाएको छ ।
भारतबाट राहत सामग्री एक सैन्य विमानमा याङ्गुनमा अवतरण गरेको छ । म्यानमारका सरकारी मिडियाका अनुसार भारतको सरकारले ४० टन मानवीय सहयोग सहितका जहाजहरू पनि पठाइरहेको छ ।
रूस, मलेसिया र सिंगापुर पनि राहत सामग्री र उद्धारकर्मीहरूको लोड गरेको विमान पठाइरहेका छन् । दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान ) जसमा म्यानमार पनि सामेल छ । उसले आपतकालीन मानवीय सहायता आवश्यकतालाई स्वीकार गरेको छ । ‘आसियान राहत र पुनःस्थापना प्रयासहरूमा सहयोग गर्न तयार छ,’ उक्त समूहले भने ।
दक्षिण कोरिया भने अन्तर्राष्ट्रिय संस्थाहरू मार्फत म्यानमारलाई २ मिलियन डलरको मानवीय सहायता दिने बताएको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रका बासिन्दाहरू मद्दतको लागि छट्पटिएका छन् ।
भूकम्पले शुक्रबार दिउँसोको समयमा म्यानमारको मध्य भेगदेखि पूर्वको शन पहाडी क्षेत्रमा व्यापक असर पुर्याएको छ । जसका केही भागहरू सैनिक सरकार जुण्टाको नियन्त्रणमा छैनन् ।
थाइल्याण्डका उपप्रधानमन्त्री अनुतिन चर्नविरकुलले सबै सम्भावित स्रोतहरूलाई उद्धार कार्यमा लगाएर मृतकका शवहरू निकाल्ने प्रयास जारी रहेको बताए । आवासीय टावरहरु सहित ५ हजार भवनहरु क्षतिग्रस्त भएको हुनसक्ने थाइल्याण्ड इन्जिनियरहरूको परिषदका बोर्ड सदस्य अनिक सिरिपानिचगर्नले भने । उनीहरुले नगरपालिकाका अधिकारीहरूलाई सहयोग पुर्याइरहेका छन् ।
विश्व/प्रवास
चीनद्वारा आफ्ना नागरिकलाई अमेरिका यात्रामा सतर्कता अपनाउन आग्रह
द नेप्लिज संवाददाताम्यानमारमा शक्तिशाली भूकम्प पछिको उद्धार प्रयासमा अवरोध
द नेप्लिज संवाददाताचीनको कडा जवाफ : अमेरिकी आयातमा १२५% सम्म कर, व्यापार युद्ध चर्किंदै
द नेप्लिज संवाददातायुक्रेन युद्धबारे ट्रम्पको चेतावनीबीच विटकोफ र पुटिनबीच चार घण्टा लामो भेट
द नेप्लिज संवाददाताअमेरिकामा विदेशी विद्यार्थीमाथि कडा निगरानी : नेपाली विद्यार्थीसमेत प्रभावित
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares