४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

इक्युवालिटि कप क्रिकेटमा सप्तरी र मोरङको विजयी सुरुवात

Advertisement

विराटनगर । महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा सोमबारबाट सुरु भएको भुइँतह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ मा सप्तरी र मोरङले विजयी सुरुवात गरेको छ । 

विराटनगर ६ स्थित म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा भएको पहिलो खेलमा सप्तरीले इलामलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । इलामकी प्रियंका राईले सर्वाधिक ४१ रन बनाइन् । सप्तरीकी सुस्मिता यादवले सर्वाधक २ विकेट लिइन् । 

१ सय १८ रनको लक्ष्य पछ्याएको सप्तरीले १४ दशमलव १ बलमा २ विकेट गुमाई उक्त विजयी लक्ष्य प्राप्त गरेको छ । सप्तरीको जितमा प्लेयर अफ द म्याच साक्षी यादवले अविजित ६० रन बनाउँदा बन्दना रजकले अविजित १३ रनको योगदान दिइन् । इलामकी मुना राई र टिकामाया तामाङले १–१ विकेट लिइन् । 

दोस्रो खेलमा  मोरङले सिरहालाई ७ विकेटले पराजित गरेको छ ।  टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १२ दशमलव २ बलमा सबै विकेट गुमाउँदै ६० रनमा सिमित भयो । सिरहाका कुनै पनि ब्याटरले दोहोरा अंक जोड्न सकेनन् । मोरङकी प्लेयर अफ द म्याच कृतिषा धामीले सर्वाधिक ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रनको योगदान गरिन । 

६१ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ९ दशमलव १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै विजयी भएको हो । मोरङको जितमा सानु राजवंशीले अविजित २८ रन बनाउँदा टिका साहले १५ रन बनाइन् ।
 
विराटनगर महानगरपवालिकाका प्रमुख नागेश कोइरालले ब्याटिङ, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बलिङ र सिनियर एम्पायरले विकेट किपिङ गरी प्रतियोगिताको उद्घाटन गरेका छन् ,

प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेश प्रदेशका सिरहा र सप्तरीका महिला टिमहरू सहभागी रहेको खेल संयोजक मन्दिप साहले बताए । लिगको आधारमा खेलाइने प्रतियोगिता विहिबार सम्म हुनेछ । लिग चरणका विजेता टिमबीच फाइनल खेल हुनेछ । 

म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्वालिटि कप क्रिकेट आयोजना गर्दै आएको साहले बताए । 

प्रकाशित : १८ चैत २०८१, सोमबार 18:40
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved