विराटनगर– नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनको लागि बुधबार भएको मतदान सकिएको र मतगणना बिहीबार बिहानदेखि विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयम हुनेछ ।
निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार अबेर रातीसम्म भएको मतदानमा कूल मतदाता ९११ जनामध्ये ८८८ जनाले मतदान गरेको बताएका छन् । उनले मतगणना बिहीबार बिहान पाञ्चालीस्थित एमाले मोरङ पार्टी कार्यालयमा हुने जानकारी दिएका हुन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई र सदस्य गरी १६५ सदस्यीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनमा संस्थापन र संस्थापन इत्तर प्यानल बनाएर नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् ।
संस्थापन पक्षबाट अध्यक्षमा पूर्वप्रदेश सांसद राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा इर्जालाल राजबंशी र विराटनगर महानगर उपप्रमुख शील्पा कार्कीलगायत छन् भने इत्तर पक्षबाट अध्यक्षमा जिल्ला समन्वय समिति मोरङ प्रमुख अजबर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तावा र जिल्ला समन्वय समितिकी उपप्रमुख उषा झा ठाकुरलगायत चुनावी प्रतिस्पर्धामा छन् ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares