विराटनगर- काठमाडौंको शंकरापुर - ६ साँखु, सलम्बुटारस्थित आश्रयस्थलमा शुक्रबार बिहान सबै जना मस्त निंद्रामा रहेको बेला टिपर पस्दा तीन जनाको ज्यान गएको छ।
द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलमा बिहान करिब ३ बजेर ४० मिनेटमा बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र हुत्तिंदा दुर्घटना भएको हो । उक्त टहरामा बेसहारा बालबालिका र वृद्धवृद्धाहरू बस्छन् ।
प्रहरीका अनुसार टिपरको ठक्करबाट दुई जना बच्चा र एक वृद्धको मृत्यु भएको छ । दुर्घटनामा घाइतेलाई नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ कै सुमन र ४५ वर्षीय हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ। बेवारिसे फेला परेकाहरुको नाम र ठेगाना खुलेको छैन । यी नामहरु आश्रमले राखिदिएका हुन् ।
टिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- १२ का २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त क्षेत्रमा लामो समयदेखि टिपरको आतंक छ। स्थानीयले मापदण्डअनुसार मात्रै टिपर चलाउन माग गर्दै आए पनि प्रहरी, ट्राफिक प्रहरी र नगरपालिकाको मिलोमतोमा सुनुवाइ हुन नसकेको स्थानीयको आरोप छ।
अहिले टिपरलाई डोजरको सहायताले तानेर बाहिर निकालिएको छ । सीभीडीएसले सलम्बुटारमा २०६२ सालदेखि सञ्चालन आश्रयस्थलमा ६१ जना बस्दै आएका थिए । तीमध्ये १० जना बसेको टहरामा टिपर छिरेको थियो ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares