विराटनगर– राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा चैत २० गते सहकारीकर्मीहरु विराटनगरमा भेला हुने भएको छ । जिल्ला सहकारी संघ लिमिटेड मोरङले यस वर्षको राष्ट्रिय सहकारी दिवस विराटनगरमा मनाउने तयारी गरेको हो । यही अवसरमा विभिन्न ठाउँबाट सहकारीकर्मीहरु भेला हुने आयोजकले जनाएको छ ।
जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा. डिल्ली पोखरेलको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेम प्रकाश कोईरालाका अनुसार कार्यक्रमलाई व्यवस्थित बनाउन १२ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
विजयहरी खतिवडाको संयोजकत्वमा प्रचार प्रसार, जितेन्द्र झा को संयोजकत्वमा स्वास्थय उपसमिति, झाँकी व्यवस्थापन विजयकुमार माझी, मञ्च व्यवस्थापनमा राकेश दाहाललगायत छन् । यस्तै, पार्वता बराललाई स्वागत सत्कार, गोपाल धिताललाई पार्किङ व्यवस्थापन, गोबिन्द निरौलालाई र्याली व्यवस्थापन, ई. कमलेश्वर ठाकुरलाई स्वयंसेवक व्यवस्थापन र अमृत गुरुङलाई आर्थिक व्यवस्थापन उप समितिको जिम्मेवारी तोकिएको छ ।
चैत १८ गते साँझ ४ बजेदेखि पुस्पलाल चौकबाट बृहत मोटर साईकल र्याली र चैत्र १९ गते साँझ ६ बजे महेन्द्र चौकमा दिप प्रजवलन कार्यक्रम तय गरिएको छ । प्रचार उपसमितिका सहसंयोजक अविनाश निधिका अनुसार चैत्र २० गतेको कार्यक्रममा सहभागी हुन ९ सय सहकारी संघ र संस्थाका हजारौँ सहकारीकर्मीहरु विराटनगर आउनेछन् ।
अर्थ/वाणिज्य
राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
द नेप्लिज संवाददाताराष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा, सत्ता साझेदारबीच सहमति
द नेप्लिज संवाददातादेशमा सपना छैन कि व्यवस्था विश्वासिलो छैन ?
जितेन्द्र साहगभर्नर बन्नै लागेका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न/अपडेटेड
द नेप्लिज संवाददाताअतिरिक्त सचिव पदको बहसमा कांग्रेस एक्लियो
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares