विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ ।
पाँच वर्षदेखि निरन्तर मिल्स गोल्डकप फुटबल ट्रष्टले विराटनगरको जुट मिल खेल मैदानमा गोल्डकप आयोजना गर्दै आएको छ । आइतबारदेखि सुरू भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुरलाई १–० गोलले पिराजित गर्दै फ्युजन फुटबल क्लब सेमिफाइलनमा पुगेको हो ।
जितको लागि फ्युजन फुटबल क्लबका युवराज थापाले खेलको ६८ औँ मिनेटमा गरेको निर्णायक गोल निर्णायक रहयो । रितेस तामाङले निकालेको क्रस पासलाई युवराजले गोलमा परिणत गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफममा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।
खेलको प्लेयर अफ द म्याच उदयपुरको गोलकिपर अनिल मगर घोषित भए । उनले नगद २ हजार १ सय पुरस्कार पाए । गोल्डकप विजेताले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन भने उपविजेताले ५१ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा भारतको एक टिमसहित ८ वटा टिमको सहभागिता रहेको छ । सोमबारको खेल घरेलु टिम पेमा स्पोर्टीङ्ग क्लब र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच हुने मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कोइरालाले मिल्स गोल्डकपलाई निरन्ता दिन विराटनगर महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउन मिल्स गोल्डकपको ठूलो भूमिका रहेको उनको भनाई थियो ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares