६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

पत्रकारिताका 'भीष्मपितामह' भैरव रिसालको निधन

द नेप्लिज संवाददाता
२४ चैत २०८१, आइतबार

Advertisement

विराटनगर– पत्रकारिता क्षेत्रका ‘भिष्मपितामह’ को रुपमा आदर गरिने भैरव रिसालको ९७ वर्षको उमेरमा आइतबार राति निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहरेका पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको भाइ पुरुले जानकारी दिए । उनको जन्म १९८५ साउन २९ मा भक्तपुरको तिथलीमा भएको थियो । 

रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । पिताजीको शरीर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राति नै बुझाइएको छोरी सुष्माले बताइन् ।

पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् । पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए । राष्ट्रिय समाचार समितिबाट अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आवद्ध रहे । रेडियो सगरमाथाको स्थापनाकालदेखि सक्रिय पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्थे । उहिले बाजेका पालामा नामक कार्यक्रम चलाउँथे  ।  उनी जयतु संस्कृतम आन्दोलनमा पनि सक्रिय थिए । 

उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृंखला सञ्चालन गरे । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ को आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए । रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित पत्रकार रिसालले राससमा अघि तथ्यांक विभागमा काम गरेका थिए ।रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रकाशित : २४ चैत २०८१, आइतबार 23:22
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved