विराटनगर– बुबालाई न्याय दिलाउन कानुन पढेको बताउँदै आएकी नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको ८३ वर्षको उमेरमा महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको छ ।
२०२३ सालमा भूमि सुधार विशेष अदालतमा पहिलो महिला न्यायाधीश बनेर उनी न्याय सेवामा प्रवेश गरेकी थिइन् । सर्वोच्च अदालत सम्म पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । अस्वस्थताले गर्दा श्रेष्ठ केही दिनदेखि अस्पतालमा भर्ना थिइन् ।
सघन उपचारकक्ष (आईसीयु)मा उपचार पछि स्वास्थ्यमा सुधार भए पछि उनलाई वार्डमा सारिएको थियो । वार्डमै उपचाररत रहँदा निधन भएको हो । उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २१ जेठ २०६५ सम्म सर्वोच्चमा कार्यरत रहिन् । सर्वोच्च पुग्नुअघि उनी उच्च अदालत राजविराजमा न्यायाधीशका रूपमा कार्यरत रहेको निकटजनले बताएका छन् । उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिइन् ।
विज्ञान संकायकी विद्यार्थी श्रेष्ठको न्यायाधीश सम्मको यात्रा पनि रोचक थियो । दुई वर्ष अघि (२४ फागुन, २०७९ ) श्रेष्ठले गोरखापत्रसँगको कुराकानीमा महिला न्यायाधीश बन्ने सपनासहित पढाइलाई निरन्तरता नदिएको बताएकी थिइन् । आमाबुबाले पनि अरूको घरमा जाने छोरीलाई केही हदसम्म सजिलो होला भनेर विद्यालय पठाएको हुनसक्ने उनले भनेकी थिइन् ।
‘२०१८ सालमा बीएस्सी गर्दै थिएँ । महेन्द्र सरकारको पालामा ‘अन्तर्राष्ट्रिय तत्त्व’ आन्दोलन थियो । यसमा बुबा जेल पर्नुभयो, म र बहिनी सावित्री मिलेर बुबा छुटाउन धेरै प्रयत्न गर्यौं तर छुटाउन सकिएन,’श्रेष्ठले भनेकी थिइन्,‘यसरी बुबा छुटाउनका लागि कि त मुद्दा लड्नुपर्ने कि महेन्द्र सरकारको दर्शन गरेर बिन्ती गर्नुपर्ने थियो, हाम्रा लागि दुवै असम्भव थियो । त्यसैले मुद्दा लडेर नै बुबा छुटाउने आशाले मैँले कानुन विषय रोजेको हो ।’
यस पछि न्याय क्षेत्रमा श्रेष्ठका आगमन भएको थियो । २०२३ सालमा कास्की र लमजुङको भूमिसुधार स्पेसल कोर्टमा काम गरिन् । २०२५ मा कानुन मन्त्रालय पुगिन् । त्यसको दुई वर्षपछि जिल्ला न्यायाधीश बनिन् । नेपालको पहिलो महिला न्यायाधीश बनेर श्रेष्ठले इतिहासमा नाम लेखाइन् । श्रेष्ठ भन्थिन्,‘न्यायलाई विभिन्न तरिकाले परिभाषित गर्न सकिन्छ ।
कानुनमा रहेर बेञ्चमा बस्दा समाजलाई ध्यानमा राखेर फैसला गर्नुपर्ने हुन्छ, त्यसैले एक सच्चा न्यायाधीश बन्न आफ्नो विचारमा विश्वस्त हुनुपर्छ र आफूमा अरूको प्रभाव पर्न दिनुहुन्न ।’
न्यायाधीशलाई न्यायमूर्ति भन्दै गर्दा कतिपय अवस्थामा सजाय पाएको व्यक्तिको सजाय केही हदसम्म घटाउन पाए हुने भन्ने भावना मनमा आउने उनले भनेकी थिइन् । ‘तर म कानुनमा बाँधिएको हुन्थेँ । कानुन अनुसार फैसला गर्नु मेरो कर्तव्य थियो, कहिलेकाहीँ यस्ता केस आउँथे जसलाई आजसम्म पनि म बिर्सन सक्दिनँ,’ उनले भनेकी थिइन् ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares