छिमेकी विहारमा बबाल
विराटनगर — छिमेकी भारतको विहार राज्यमा ठूलो राजनीतिक हलचल सिर्जना भएको छ। राष्ट्रिय जनता दल (राजद) का अध्यक्ष तथा पूर्वमुख्यमन्त्री लालूप्रसाद यादवले जेठा छोरा तेजप्रतापलाई ६ वर्षका लागि पार्टीबाट निष्कासन गरेका छन्। त्यससँगै उनले तेजप्रतापलाई पारिवारिक भूमिकाबाट समेत टाढा राख्ने निर्णय लिएका छन्।
लालूले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक वक्तव्य जारी गर्दै तेजप्रतापको पार्टी तथा पारिवारिक भूमिकाको अन्त्यको घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘व्यक्तिगत जीवनमा नैतिक मूल्यहरूको उल्लंघनले हाम्रो सामाजिक न्यायको सामूहिक संघर्षलाई कमजोर पार्दछ। जेठा छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्य र संस्कारअनुसार छैन।’
लालूले आफ्नो भनाइ थप स्पष्ट पार्दै लेखेका छन्, ‘जो कोही उनलाई समर्थन गर्न चाहन्छन्, उनीहरूले आफ्नै विवेक अनुसार निर्णय लिउन्। म लोकजीवनमा सधैँ लोकलाजको पक्षपाती रहँदै आएको छु। त्यसैले यी परिस्थितिलाई ध्यानमा राख्दै म उनलाई पार्टी र परिवार दुवैबाट टाढा गराउँछु। अबदेखि पार्टी र परिवारमा उनको कुनै भूमिका रहने छैन।’
यो घटनाको पृष्ठभूमि तेजप्रतापको फेसबुक अकाउन्टबाट शनिबार बेलुका गरिएको एक पोस्ट मुख्य कारण भएको देखिएको छ। उक्त पोस्टमा तेजप्रताप एक युवतीसँग देखिएको फोटोसहित लेखिएको थियो, ‘हामी १२ वर्षदेखि रिलेसनशिपमा छौं र म आज सार्वजनिक रूपमा आफ्नो भावना व्यक्त गर्दैछु...।’ ती तस्बिर र स्टाटस केही समयमै भाइरल भए, जसले तीव्र राजनीतिक र सामाजिक प्रतिक्रिया निम्त्यायो।
विपक्षी दलहरूले यसलाई लिएर राजदमाथि नैतिकता र नेतृत्व संकटको आरोप लगाएका थिए। विवाद बढेपछि तेजप्रतापले एक्समा पोस्ट गर्दै आफ्नो अकाउन्ट ह्याक भएको दाबी गरे। उनले लेखेका छन्, ‘मेरो सामाजिक सञ्जाल अकाउन्ट ह्याक गरी मेरा तस्बिरहरूलाई गलत तरिकाले सम्पादन गर्दै मलाई र मेरो परिवारलाई बदनाम गर्ने प्रयास गरिएको छ।’
भारतीय सञ्चारमाध्यमहरुमा सार्वजनिक भए अनुसार तेजप्रतापको विवाह ऐश्वर्या रायसँग भएको थियो, जो चन्द्रिका रायकी छोरी र विहारका पूर्वमुख्यमन्त्री दरोगा प्रसाद रायकी नातिनी हुन्। तेजप्रतापकी पत्नीले उनलाई कुटपिट गर्ने, लागू औषध प्रयोग गर्ने र महिलाको पहिरन लगाउने (क्रस–ड्रेसिङ) आरोप लगाएकी छिन्। टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार उनले आफ्नी पत्नीप्रति गुनासो गर्दै भनेका थिए कि ‘उनी (ऐश्वर्या) मेरो जीवनशैलीमा मिल्न सक्दिनन्।’
उनले आफ्नो १२ वर्ष लामो प्रेम सम्बन्धको खुलासा गर्दै अनुष्का यादवसँगको सम्बन्धको घोषणा फेसबुकमार्फत् गरेका थिए। उक्त घटनाको भोलिपल्टै आज आइतबार पिता लालूले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् धारणा सार्वजनिक गर्दै तेजप्रतापलाई पार्टी र परिवारबाट निष्कासित गरेको घोषणा गरेका हुन् ।
तेजप्रतापको स्पष्टीकरणपछि पनि पार्टी अध्यक्ष लालू यादव भने नरम भएनन्। उल्टै उनले पारिवारिक अनुशासन र सामाजिक मर्यादालाई प्राथमिकता दिँदै तेजप्रतापलाई कठोर निर्णयको मार्फत् अलग गरिदिए। यो निर्णयले न केवल राजदभित्र तर समग्र विहारको राजनीतिमा तरंग पैदा गरेको छ। पार्टीभित्रको सन्तुलन, लालू परिवारको आन्तरिक अवस्था र तेजप्रतापको आगामी राजनीतिक भविष्यबारे अब चासो थपिएको छ।
#लालूप्रसाद#तेजप्रताप#अनुष्का
विश्व/प्रवास
२५ करोड मौरी भागेपछि अमेरिकी प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह
द नेप्लिज संवाददाताभारतीय विश्वविद्यालयमा नेपाली छात्राको रहस्यमय मृत्यु, पाँच जनाविरुद्ध जाहेरी, मुख्य आरोपित फरार
द नेप्लिज संवाददाताआजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares