३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

विद्यालय शिक्षा ऐन पारित गर्ने तयारीसहित संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, शिक्षक महासंघ छलफलमा

द नेप्लिज संवाददाता
३ वैशाख २०८२, बुधबार

Advertisement

विराटनगर– सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले यही वैशाख १२ को शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयबारे जानकारी दिँदै शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्नसमेत अधिवेशन आह्वान गरिएको बताइन् । उनका अनुसार सरकारले उक्त विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्नेछ । यतिबेला शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

यही सन्दर्भमा शिक्षक महासंघले मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्ने तयारी गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसबारे महासंघभित्र छलफलपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

‘मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको भन्ने जानकारीमा आएको छ । अब यसमा महासंघभित्र छलफल गरेर आधिकारिक धारणा बनाउँछौं । अहिले थप प्रतिक्रिया दिन सकिने अवस्था छैन,’ अध्यक्ष सुवेदीले भने । उनले आफूहरूको माग विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने र विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने रहेको दोहोर्याए । मन्त्रिपरिषद् बैठकले माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै शिक्षकहरूलाई आन्दोलन स्थगन गर्न आह्वानसमेत गरेको छ ।
 

प्रकाशित : ३ वैशाख २०८२, बुधबार 05:43
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved