विराटनगरलाई शैक्षिक गन्तव्य बनाउन सरकारी विद्यालयहरुले प्रविधि, अनुसन्धान, र नवप्रवर्तनलाई प्राथमिकता दिने आधुनिक कक्षा कोठाहरु, अध्ययन तथा अनुसन्धानमा सहयोग पुर्याउने सुविधायुक्त लाइब्रेरी, बाहिरबाट आउने विद्यार्थीहरूका लागि होस्टल तथा सहुलियत दरमा यातायात सेवाको व्यवस्था गर्नुपर्छ ।
महानगर विराटनगर नेपालको पूर्वी तराईस्थित कोशी प्रदेशको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र हो । यो मोरङको सदरमुकाम मात्र नभइ कोशी प्रदेशकै राजधानी समेत हो । ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक दृष्टिले महत्वपूर्ण स्थान ओगट्ने यो महानगरलाई नेपालको औद्योगिक राजधानी पनि भनिन्छ ।
यसको नामाकरण प्राचीन महाभारतकालसँग जोडिएको मानिन्छ । महाभारतका पात्र राजा विराटको राज्य यसै क्षेत्रमा फैलिएको विश्वास गरिन्छ । पाण्डवहरू वनवासका क्रममा यही क्षेत्रमा अज्ञातवास बसेको किंवदन्ती पाइन्छ । यसै आधारमा ‘विराटनगर’ भन्ने नाम रहन गएको मानिन्छ ।
यो ऐतिहासिक रूपमा नेपालकै महत्वपूर्ण सहरहरूमध्ये हो । यसको जरो महाभारतकालीन इतिहाससँग जोडिएको भए पनि औद्योगिक क्रान्ति, प्रजातान्त्रिक आन्दोलन, व्यापारिक समृद्धि, तथा शैक्षिक क्षेत्रको विकासमा यसले विशिष्ट योगदान पुर्याएको छ । आधुनिक युगमा समेत विराटनगर नेपालकै प्रमुख औद्योगिक, शैक्षिक र ब्यापारिक केन्द्रका रूपमा अघि बढिरहेको छ ।
पूर्वाधार विकासका हिसाबले यहाँ विमानस्थल, मेडिकल कलेजहरू, विश्वविद्यालय, तथा ठूला औद्योगिक करिडोरहरू समेत छन् । हाल विराटनगरमा ५६ सामुदायिक र १६ धार्मिक विद्यालयहरु संचालनमा छन् । यी सबैमा शिक्षण सिकाइको लामो अनुभव बोकेका दक्ष जनसक्तिहरु कार्यरत छन् ।
पछिल्लो समयमा सरकारी विद्यालयहरुमा भएको सुधारले विद्यार्थी संख्या पनि बढेको छ । शैक्षिक सत्र २०८१ मा धार्मिक विद्यालयको तथ्यांकलाई छोड्दा २७ हजार १ सय ८६ विद्यार्थी यहाँका ५६ सामुदायिक विद्यालयमा अध्यननरत छन् । आदर्श.,पोखरिया ,सत्यनारायण, जनपथ, मिल्स.,गोग्राहा.,राधाकृष्ण., सरस्वति., महेन्द्र माविमा विद्यार्थी संख्या उल्लेख्य छ । त्यहाँ आवश्यक संख्यामा शिक्षक दरबन्दीको व्यवस्था सरकारी तबरबाट हुन सकेको छैन ।
हाल विराटनगरमा १५० मात्र बालविकास केन्द्रमा काम गर्ने शिक्षकहरु हुनुहुन्छ । २०८१ को तथ्यांक हेर्दा २ हजार ३ सय ७६ विद्यार्थी बालविकास केन्द्रमा आउँछन् । तल्लो कक्षामा भएको दरबन्दीमा प्रावि.३९३, निमावि १११, मावि ९४ र साविक उमावि १४ छन् । धार्मिक विद्यालयमा समेत प्रति शिक्षक ५० विद्यार्थी औसतमा देखिएता पनि विषयगत आवश्यकता , विद्यार्थी संख्याको असन्तुलन , विद्यालयहरुमा भएको पूर्वाधार आदिका कारण कुनै विद्यालयमा विद्यार्थी अत्यधिक हुने र कुनैमा हँुदै नहुने अवस्थाले विद्याययहरुले गर्न चाहेर पनि गर्न सकेको अवस्था भने छैन ।
समस्या जहाँ पनि हुन्छन् । समस्याबाट भागेर समाधान प्राप्त गर्न सकिंदैन । समस्या पहिचान गरि समाधान खोजिनु पर्छ । आज सरकारी भनिएका अधिकांस विद्यालयहरु समुदायको सक्रियतामा खुलेर स्थानीय स्रोत साधनको उपयोग गरि संचालन भएका थिए । सरकारले स्वीकृति दिएर सरकारी बनेका भएता पनि सरकारले आज सम्म पनि यस्ता विद्यालयहरुको आवश्यकता पुरा गर्न सकेको छैन ।
त्यसैले विराटनगरका सरकारी विद्यालयका प्रमुख भूमिका भनेकै समुदायलाई विद्यालय सम्म ल्याउनु हो । यसो गर्दा सामाजिक भावना बोकेकाहरुले त्यहि समाजका गरिब तथा विपन्न वर्गको शिक्षामा लगानी गरिदिने सम्भावना रहन्छ । जसको कारण सरकारी लगानी कम भएको अवस्थामा पनि सामुदायिक विद्यालयले आफ्नो काँचुली फेर्न सक्छ । यस्तो भएको खण्डमा सामुदायिक विद्यालय प्रति जनविश्वास बढ्ने र विराटनगरलाई शैक्षिक गन्तव्य बनाउन सकिने कुरा निश्चित छ ।
विराटनगरलाई शैक्षिक गन्तव्यको रूपमा विकास गर्न सामुदायिक विद्यालयहरूले अन्य महत्त्वपूर्ण भूमिकाहरु पनि निर्वाह गर्न जरुरी छ । सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्न, दक्ष जनशक्ति उत्पादन गर्न, नवीनतम प्रविधिहरूको प्रयोग गर्न र स्थानीय समुदायलाई शिक्षामा संलग्न गराउन सकेमा मात्र यो लक्ष्य हासिल गर्न सकिन्छ ।
गुणस्तरीय शिक्षाका लागि शिक्षण विधिमा सुधार गरी प्रयोगात्मक अनुसन्धानमूलक शिक्षा दिनु पर्छ । हरेक सामुदायिक विद्यालयमा कम्प्युटर, इन्टरनेट, स्मार्ट बोर्ड, र अनलाइन पाठ्यक्रमको व्यवस्था गर्नुपर्छ । आजको समयमा नियमित प्रशिक्षण, कार्यशाला, र नवीनतम प्रविधिमा आधारित शिक्षण पद्धति अपनाउनु पर्छ ।
अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाका लागि अंग्रेजी माध्यमका विद्यालयहरूलाई थप सशक्त बनाउनुपर्छ । यी सबै कार्य गर्न आवश्यक पर्ने पूर्वाधारहरु काठामाडौं पछि संभवत अरु सहरको तुलनामा विराटनगरमानै बढी छ । त्यसैले पनि विराटनगरका सरकारी विद्यालयमा यस्ता कार्य गर्न सहज छ । विराटनगर बाहिरका धेरै विद्यार्थीहरू उच्च शिक्षा र राम्रो अवसरको खोजीमा यहाँ आउँछन् ।
उनीहरु आफ्नो भविष्यको सुनिश्चितता खोजि रहेका हुन्छन । जुन कुरा अहिलेका सामुदायिक विद्यालयहरुले बुझ्न जरुरी छ । एक औद्योगिक सहर भएकाले पनि यहाँ कामको अवसरहरू प्रशस्त छन् । धेरै विद्यार्थीहरू पढाइसँगै पार्ट–टाइम वा इन्टर्नशिपको अवसर खोज्न यहाँ आउँछन् । बैंक, उद्योग, कारखाना, अस्पताल, आईटी कम्पनीहरू भएका कारण विद्यार्थीहरूले सजिलै अनुभव र अवसरहरू पाउन सक्छन् ।
यहाँ नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, कोशी अस्पताल जस्ता प्रमुख स्वास्थ्य संस्था छन्, जहाँ मेडिकल पढ्न चाहने विद्यार्थीहरू आउँछन् । साथै, यहाँ विभिन्न इन्जिनियरिङ कलेजहरू पनि छन्, जसले गुणस्तरीय शिक्षा प्रदान गर्छन् । त्यस्ता संस्थाहरुसँग समन्वय गरेर आफ्नो विद्यालयहरुलाई उत्कृष्ट शैक्षिक संस्थाको रुपमा चिनाउनु पर्छ ।
विद्यालयहरुले अबका दिनमा प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तारका लागि उद्योगसँग सम्बद्ध तालिम, सिपमूलक कार्यक्रम, तथा रोजगारीमुखी पाठ्यक्रम लागु गर्नुपर्छ । विज्ञान, प्रविधि, तथा सामाजिक अध्ययनमा अनुसन्धान प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याइनुपर्छ । विराटनगरमा हाल कायम रहेका सामुदायिक विद्यालय हरुले मात्र सबै पिद्यार्थी अटाउन सक्ने सम्भावना छैन । त्यसकालागि निजी तथा सरकारी विद्यालयहरुले एक आपसमा सहकार्य गर्नु पर्छ ।
विराटनगरलाई शैक्षिक गन्तव्य बनाउन सरकारी विद्यालयहरुले प्रविधि, अनुसन्धान, र नवप्रवर्तनलाई प्राथमिकता दिने आधुनिक कक्षा कोठाहरु, अध्ययन तथा अनुसन्धानमा सहयोग पुर्याउने सुविधायुक्त लाइब्रेरी, बाहिरबाट आउने विद्यार्थीहरूका लागि होस्टल तथा सहुलियत दरमा यातायात सेवाको व्यवस्था गर्नुपर्छ ।
यहाँको औद्योगिक क्षेत्रलाई उपयोग गर्दै उनीहरुकै सहकार्यमा औद्योगिक आवश्यकताको आधारमा सिपमूलक शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ । विद्यालयले उद्यमशीलता विकास गर्न स्टार्टअप इन्क्युबेटर, को–वर्किङ स्पेस, र व्यावसायिक परामर्श कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।
स्थानीय उद्योग तथा व्यवसायहरूमा विद्यार्थीहरूलाई इन्टर्नशिप तथा तालिम दिने व्यवस्था गर्नुपर्छ । विभिन्न विद्यालयहरुले एक आपसको सहकार्यमा शिक्षासँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार, वर्कशप र सम्मेलनहरू आयोजन गरी विराटनगरलाई ज्ञान आदान–प्रदानको केन्द्र बनाउनुपर्छ ।
यदि सरकार, विद्यालय व्यवस्थापन, अभिभावक, र स्थानीय समुदाय बीच समन्वय गरेर शिक्षाको गुणस्तर सुधार गर्ने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरियो भने सामुदायिक विद्यालयहरूको स्तर उल्लेखनीय रूपमा उकास्न सकिन्छ । सामुदायिक बिद्यालयहरुले अरुको आश मात्र नगरी आआफ्नो ठाउँबाट मेहनत गर्ने हो भने पक्कै स्थानीय सामुदायिक विद्यालयहरूले यो महानगरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न सक्छ ।
(लेखक, आदर्श विद्यालयका प्राचार्य हुन् ।) .
शिक्षा/प्रविधि
नयाँ वर्षको पहिलो दिन पनि आन्दोलनमै शिक्षक
द नेप्लिज संवाददातागहुँ काट्ने तरखरमा छौँ भने...
द नेप्लिज संवाददाताशिक्षा विधेयक छिटो पारित गर्ने सरकारी प्रतिबद्धता : परीक्षा प्रभावित नहोस् भनी आन्दोलन अन्त्यको आह्वान
द नेप्लिज संवाददाताविद्यालय शिक्षा ऐन पारित गर्ने तयारीसहित संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, शिक्षक महासंघ छलफलमा
द नेप्लिज संवाददाताशिक्षक आन्दोलन निर्णायक चरणमा : संसद्ले विद्यालय शिक्षा ऐन पारित नगरे ऐन नलिइ घर नफर्कने चेतावनी
द नेप्लिज संवाददाताविचार/अन्तर्वार्ता
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares