विराटनगर– मुलुकमा सहिदको बलिदानीले २००७ को फाल्गुन ७ मा प्रजातन्त्र प्राप्ती भएको थियो । यसले नागरिकलाई अधिकार सम्पन्न बनाएको छ । प्रत्येक वर्ष आजको दिनलाई जहानीया राणा शासनबाट आम नेपाली नागरिक स्वतन्त्रता प्राप्त भएको सम्झेर श्रद्धापूर्वक राष्ट्रिय प्रजातन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । सहिदप्रति उच्च सम्मान गर्दै राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ्, मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत सातवटै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्रीहरुले शुभकामना सन्देश जारी गर्दै मुलुकभरि विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइरहेका छन् ।
सहिदहरूको बलिदानी, त्याग र संघर्षको प्रतिफल प्रजातन्त्र हो । प्रजातन्त्र प्राप्तीले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला निर्माण भएर मुलुकमा नागरिकलाई अधिकारसम्पन्न बनाएको छ । जहानिया राणा शासकहरुले सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई फाँसी दिएका थिए । तिनै महान तथा ज्ञात अज्ञात सहिदहरुप्रति प्रजातन्त्र दिवसका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरुको आत्माको चिरशान्तिको सबैले कामना गर्दै आएका छन् । सहिदहरुको बलिदानीले १०४ वर्षे लामो निरंकुश राणा शासनको पतन भएको थियो । त्यसैको जगमा २०४६ र २०६४ को जनआन्दोलन र मधेस विद्रोहमार्फत प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सार्वभौम नेपाली नागरिकले अभ्यास गरिरहेका छन् । अहिले लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशीता र धर्मनिरपेक्षतासहितको अधिकार आम नेपाली नागरिकले उपभोग गरिरहेका हुन् । सहिदको रगतले आम नेपाली नागरिकको हक अधिकार सुरक्षित गर्दै समृद्ध मुलुकका नागरिकको परिचय बनाउन अनेकौंपटक सत्ता परिवर्तन सफल भएका छौं । त्यसैले सहिदहरुप्रति विशेष आदर, सम्मानका साथ श्रज्ञात्तजली अर्पण गर्दछौँ ।
सहिदहरुको रगतले सत्ता परिवर्तन भएपनि मुलुकमा शासन व्यवस्था परिवर्तन नहुँदा आम नागरिकको दैनिक जीवनमा परिवर्तन आउन सकेको छैन । सहिदको सपना समृद्ध मुलुक निर्माण हुन सकेको छैन । वीर गोरखालीको देश, सर्वोच्च सिखर सगरमाथा, गौतम वुद्ध, जनक नन्दनी सिता, अरनिकोको देशलगायत अनेकौं परिचयले संसारभरि नेपाल परिचित छ । हिमाल, पहाड, तराई, मधेसमा संसारभरिका सबै खाले हावापानी उपलब्ध छ । संसार हेर्न नेपाल गए पुग्ने भनाइ नै छ । प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालका विद्यार्थी र युवावर्ग अवसरको खोजीमा मुलुक छोडेर दैनिक विदेश पलायन भइरहेका छन् ।
भ्रष्टाचार, अनियमितता, अव्यवस्थाले मुलुक उजाड् बन्दै गएको छ । छिमेकी मुलुकहरु प्रत्येक दिन धनी बन्दै गरेको परिदृष्यमा नेपाल दैनिक गरिवीको दलदलमा भारिसँदै गएको आम नागरिकको बुझाइ छ । नागरिकको राजनीतिक दल र नेताप्रति अविश्वास बढ्दै गएको छ । मुलुकका राजनीतिक नेतृत्वबाट आम नागरिक निरास छन् । यस्तो अवस्थामा विद्यमान व्यवस्थामाथि नै प्रश्न उठ्नु स्वभाविक छ । तर त्यही जगमा आज हामी प्रजातन्त्र दिवस मनाइ रहेको छ । यो दिवसमा राजनीतिक नेतृत्व पदाधिकारी, कर्मचारी तथा राज्यको स्रोतमा हालिमुहाली गर्नेहरु मात्रै किन रमाइरहेका छन ? सर्वसाधारण नागरिकलाई प्रजातन्त्र दिवसले किन छुन सकिरहेको छैन ? यो प्रश्न सबै सामु मुखरित भएको छ ।
यसरी ढोंगी भएर कहिलेसम्म हामीले प्रजातन्त्र दिवस मनाइरहने ? यी यस्तै प्रश्नहरुले प्रजातन्त्रको जग हलाइरहेको छ, व्यवस्थामाथि प्रश्न उठिरहेको छ । यो प्रश्नको जवाफ कसले दिने ? जवाफ अपरिहार्य छ । किनकी प्रश्नको जवाफ प्राप्त नभए जवाफ नै नरहने अवस्था निर्माण हुन सक्छ । सधैँ सम्मानका साथ प्रजातन्त्र दिवस मनाइरहन सर्वसाधारण नागरिकतर्फ फर्केर हेर्न आवश्यक छ । कमिशन र लुटमा लिप्त भएका नेतृत्ववर्गलाई सचेत हुन आवश्यक छ । आम नागरिकले प्रजातन्त्र, लोकतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्व र समावेशिता जोगाइ राख्न सच्चा पहरेदार बन्नु पनि आवश्यक छ । यसको उचित समाधान पलायन कदापी हुन सक्दैन । सहिदको वलिदानीलाई सम्झेर एक पटक आम नेपाली नागरिकलाई सोच्नु आवश्यक छ ।
विचार/अन्तर्वार्ता
५४ योजनामा १ खर्ब ३९ अर्ब लगानी भित्र्याउने लक्ष्यका साथ कोशी प्रदेश लगानी सम्मेलन आयोजना हुँदै
देव नारायण साहट्रम्प कर युद्धको छायाँमा नेपाल : विश्व व्यापारिक अस्थिरता र साना अर्थतन्त्रका चुनौतीहरू
जितेन्द्र साहदेशको व्यवस्था फेरिन्छ, सुविधाभोगी फेरिँदैन
जितेन्द्र साहपूर्वराजा ज्ञानेन्द्र पनि सुध्रिए, लोकतन्त्रवादी नेताहरु कहिले सुध्रिने ?
जितेन्द्र साहनयाँ वर्ष, नयाँ दृष्टिकोण : अनिश्चितताको बीचमा उत्तरदायी पत्रकारिताको प्रतिबद्धता
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares