विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिटक्वाइन क्रिप्टोकरेन्सीका निम्ति रणनीतिक ‘रिजर्भ’ स्थापना गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशसँगै अमेरिकाले ‘ब्लकचेन’ सम्पत्ति मानिने क्रिप्टोको राष्ट्रिय भण्डार गर्दै जानेछ ।
ट्रम्पको घोषणापछि बिटक्वाइन, इथरियम, एक्सआरपी, सोलाना र कार्डानोलगायत क्रिप्टोकरेन्सीको मूल्य बढिरहेको छ । विभिन्न देशले वित्तीय जोखिमबाट बच्न राष्ट्रिय सम्पत्तिको रणनीतिक भण्डार गर्छन् । अमेरिकासँग पेट्रोलियमको र क्यानडासँग मेपल सिरपको भण्डार छ । अमेरिकी सरकारसँग यसअघि नै १७.५ अर्ब अमेरिकी डलरबराबरको दुई लाख बिटक्वाइन छ ।
ह्वाइट हाउसका एआई एवं क्रिप्टो जार डेभिड स्याक्सले फौजदारी वा सिभिल कारबाहीबाट जफत गरिएको क्रिप्टोलाई संघीय सरकारको क्रिप्टोकरेन्सी रिजर्भमा राखिने बताएका छन् । अमेरिकाले रिजर्भमा जम्मा गरेको बिटक्वाइन नबेच्ने गरी सम्पत्तिका रूपमा राखिने उनले बताए । ट्रम्पले यो विषयमा थप विवरण दिनका लागि शुक्रबार ह्वाइट हाउसमा पहिलो क्रिप्टो सम्मेलन गर्दैछन् ।
विश्व/प्रवास
आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम
द नेप्लिज संवाददाताटिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares