विराटनगर– मेरिल्याण्ड कलेज विराटनगरले निरन्तर शैक्षिक गुणस्तर सुधार्दै २३ वर्षमा प्रवेश गरेको छ । कलेजले शुक्रबार आयोजना गरेको २२ औँ वार्षिकोत्सव कायक्रममा उत्कृष्ट स्थान ल्याएका विद्यार्थी र गुणस्तरीय शिक्षाका लागि योगदान पुर्याउने शिक्षकहरुलाई पुरस्कृत गरेको छ ।
कार्यक्रमको उद्घाटनपछि विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले अहिलेको एआई युगमा प्रयोगात्मक शिक्षासँगै एआईको प्रयोग गर्नसमेत सक्षम हुनु अपरिहार्य रहेको बताएका छन् । ‘यस कलेजले उत्पादन गरेको जनशक्ति जागिर खाने भन्दा पनि जागिर दिने किसिमका छन्,’ उनले भने, ‘त्यसैले यस कलेजका विद्यार्थीहरुले शैक्षिक ज्ञानसँगै त्यसको प्रयोगमा जोड दिनु आवश्यक छ । विद्यार्थीहरुले प्राप्त गरेको शिक्षालाई आधुनीकरणसँग जोडेर अघि बढ्न सक्नु पर्छ ।’
मेरिल्याण्ड कलेज समयानुकूल शैक्षिक गुणस्तरलाई सुधार गर्दै व्यवहारिक शिक्षा प्रदान गर्न सफल हुनु विराटनगरको गौरवको विषय भएको प्रमुख कोइरालाको भनाइ थियो । ‘अहिलेको सूचना प्रविधिको युग विश्व नै एउटा गाउँमा परिणत भइसकेको अवस्थामा डाक्टर र इञ्जिनियर बनेर मात्रै नाम र दाम कमाउन सकिने अवस्था छैन,’ उनले भने, ‘अहिले जुनसुकै क्षेत्रमा प्रतिस्पर्धा गरेर अघि बढ्न सक्नेले संसारभरि नाम र दाम कमाउन सक्ने अवस्थाको हामी सबैले लाभ उठाउन सक्नु पर्छ ।’
नेपालबाट दैनिक विद्यार्थीहरु गुणस्तरीय शिक्षाका लागि विदेश पलायन हुने क्रम चलेको विषयमा नकारात्मक टिप्पणी गर्नुको औचित्य नरहेको प्रमुख कोइरालाको भनाइ थियो । ‘संसारका सम्पन्न तथा सम्भ्रान्त मुलुकका विद्यार्थीहरु अर्को देशमा शिक्षा आर्जनका लागि जाने गरेको तथ्य बुझ्नु आवश्यक छ,’ उनले भने, ‘त्यसैले अब हामीले पनि विदेशी विद्यार्थीलाई आफ्नो देश र गाउँ ठाउँमा ल्याएर युग सुहाउँदो शिक्षा प्रदान गर्ने मार्ग पहिल्याउनु पर्छ साथै हाम्रा विद्यार्थीलाई विदेशमा पाउने शिक्षा र अवसर आफ्नै ठाउँमा उपलब्ध गराउने वातावरण निर्माणमा सबैले एकआपसमा हातेमालो गुर्न अपरिहार्य छ ।’
कलेजका अध्यक्ष गुणराज ढुंगेलले अहिलेको प्रतिस्पर्द्धा र सूचना प्रविधिको युगमा समय सुहाउँदो शिक्षा प्रदान गर्न मेरिल्याण्ड कलेज निरन्तर सुधारोन्मुख रहेकोले र शिक्षक, विद्यार्थीको मिहिनेका साथै अभिवाकको विश्वासले अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले कलेज सुरु हुनु भन्दा अगाडि यस क्षेत्रका अभिभावकहरुले चर्को शूल्क तिरेर आफ्ना विद्यार्थीलाई भारतको विभिन्न सहरमा पठन पाठनका लागि पठाउनुपर्ने बाध्यात्मक अवस्था रहेको स्मरण गरेका थिए । ‘मेरिल्याण्ड कलेज स्थापना भएको केही समयमा नै धेरै विद्यार्थीको भर्ना लिएर पठन पाठन सुरु गरेपछि यस क्षेत्रका अभिभावकहरुले सस्तो शूल्कमा आफ्ना बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएका छन्,’ उनले भने, ‘अब यो कलेजलाई राष्ट्रिय मात्रै नभई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको अध्ययन गर्ने थलो बनाउन पाइला अघि सारिसकेको अवस्थामा सबैको साथ र सहयोगको अपेक्षा छ ।’
कलेजका उपाध्यक्ष पीके झाले बौद्धिक नगरी विराटनगरमा मेरिल्याण्ड कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको बताए । उनले यस कलेजले उत्पादन गरेको दक्ष जनशक्तिले देशभरिका बैंकहरुको शाखा, प्रदेश कार्यालय र केन्द्रीय कार्यालयको नेतृत्व सम्हाल्न सफल भएको देख्दा गर्वको अनुभूति भइरहेको बताए ।
कार्यक्रममा लगनशील र मिहिनेती शिक्षकहरु दिपेशकुमार भगत, मदन खतिवडा, महेन्द्र नारायण कर्ण, नवजीत प्रधान, शशिभुषण कर्ण, श्यामकुमार झा, विजय कुमार दाहाल, लेखनाथ निरौला, मुक्तिनारायण गच्छदार, विनोद भट्टराईलगायतलई नगद पुरस्कार, प्रशंसा पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ ।
कार्यक्रममा कलेजका विद्यार्थीहरुले कक्षा १२ को परीक्षा बोर्डमा उत्कृष्ट अंक ल्याउने, बीबीएसमा बोर्ड प्रथम र द्वितीय स्थान हासिल गरेका, कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट अंक ल्याएका र कलेजको आन्तरिक खेलकुदका विजेता र उपविजेताहरुलाई पुरस्कृत गरिएको छ ।
शिक्षा/प्रविधि
शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षक
द नेप्लिज संवाददातानयाँ वर्षको पहिलो दिन पनि आन्दोलनमै शिक्षक
द नेप्लिज संवाददातागहुँ काट्ने तरखरमा छौँ भने...
द नेप्लिज संवाददाताशिक्षा विधेयक छिटो पारित गर्ने सरकारी प्रतिबद्धता : परीक्षा प्रभावित नहोस् भनी आन्दोलन अन्त्यको आह्वान
द नेप्लिज संवाददाताविद्यालय शिक्षा ऐन पारित गर्ने तयारीसहित संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस, शिक्षक महासंघ छलफलमा
द नेप्लिज संवाददातातस्बिर कथा
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares