विराटनगर– हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा बुधबार सम्पन्न प्रथम कोशी प्रदेशस्तरीय अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ ।
अरनिको कलेजले दोस्रो पटक ग्रिनल्याण्ड कलेजलाई ६४ रनले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अरनिकोले माघ १५ गते विराटनगरमा सम्पन्न मोरङ हिसान क्रिकेट प्रतियोगिताको फाइनलमा ग्रिनल्याण्ड कलेजलाई पराजित गरी उपाधि जितेको थियो ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ४३ रन बनाएको थियो । अरनिकोका सोनु साहले ४४ रन बनाउँदा नुमिर अहमदले ३६ रन र सौरभ झाले २३ रनको योगदान दिएका थिए । ग्रिनल्याण्डका गणेश यादवले ३ विकेट लिँदा सुनिल यादव र गौरी शंकर यादवले २–२ विकेट लिएका थिए ।
१ सय ४४ रनको लक्ष्य पछ्याएको ग्रिनल्याण्डले निर्धारित १८ दशमलव ४ बलमा सबै विकेट गुमाई ७९ रनमा सिमित भयो । ग्रिनल्याण्डका हेमन्त मेहताले १८ रन बनाउँदा सुनिल यादवले १३ रनको योगदान दिए । अरनिकोका रामनारायण यादवले र अमर यादवले समान ३/३ विकेट लिए ।
प्रतियोगिताको प्लेयर अफ द म्याच अरनिकोका नुमिर अहमद घोषित भए भने प्लेयर अफ टुर्नामेन्ट ग्रिन ल्याण्डका गणेश यादव भए । त्यस्तै उत्कृष्ट ब्याटर अरनिकोका रुद्रप्रताप साह घोषित हुँदा उत्कृष्ट बलर अरनिकाकै अमर यादव घोषित भए ।
फागुन २६ गतदेखि शुरु भएको प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका गरी ६ टिम सहभागि थिए । विजयी टिम तथा खेलाडीहरुलाई हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखेल, हिसान कोशी अध्यक्ष ज्ञानबहादुर खडका र हिसान मोरङका पूर्व अध्यक्ष बलराम पन्तलगायतले ट्रफी तथा प्रमाण पत्र वितरण गरे ।
खेलकुद
इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares