कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि सचिवालयले प्रदेशसभाको वेभ साइटबाट उनको नाम र तस्बिर नहटाएको तस्बिर ।
विराटनगर । कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि सचिवालयले प्रदेशसभाको वेभ साइटबाट उनको नाम र तस्बिर हटाएको छैन । भ्रष्टाचार जस्तो गम्भीर प्रकृतिको मुद्दामा दोषी ठहर भएका व्यक्तिको तस्बिर र नाम तत्काल प्रदेशसभा सचिवालयले वेभ साइटबाट हटाउनु पर्ने प्रदेशसभा सांसदहरुको भनाइ छ ।
पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्दा अनियमितता गरेको मुद्दामा पराजुलीलाई सर्वोच्च अदालतको संयूक्त इजलासबाट बुधबार दोषी ठहर भएको हो । उनी दोषी ठहर भएपछि सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभाको उपसचिव गौतमराज अमात्यलाई कायममुकायम सचिवको जिम्मेवारी दिएका छन् । तर प्रदेशसभा सचिवालयको वेभ साइटबाट पराजुलीको तस्बिर र नाम हालसम्म हटाएको छैन ।
सभामुख विष्टले कामु सचिवको जिम्मेबारी दिएपछि बिहीबार बसेको प्रदेशसभा बैठकमा अमात्यले सचिवको भूमिका निर्वाह गरेका थिए । प्रदेशसभामा एक्लो उपसचिव रहेकाले सभामुख विष्टले आमात्यलाई कामु सचिको जिम्मेबारी तोकेका हुन् ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेका छन् ।
निजामति सेवाबाट अवकास लिएपछि पराजुली १२ वैशाख २०७६ मा प्रदेश सभाको सचिव नियुक्त भएका थिए । ९ वैशाख २०८१ देखि लागु हुने गरी दोस्रो कार्यकालका लागि प्रदेश सभाको सचिवमा उनी नियुक्त भएका थिए । सर्वोच्चको फैसला पुनरावलोकनका लागि भन्दै पराजुली काठमाडौं पुगेको प्रदेशसभा सचिवालयका कर्मचारीहरु बताउँछन् ।
प्रदेश
´लाेकतन्त्र प्रबन्धनका लागि महिलाकाे अर्थपूर्ण सहभागिता अपरिहार्य`
द नेप्लिज संवाददातादुर्व्यसन विरुद्धको अभियान सुरु
द नेप्लिज संवाददातासमस्याग्रस्त सहकारीको समस्या समाधानका नाममा १ करोड २८ लाख खर्चिदै कोशी सरकार
द नेप्लिज संवाददाताप्रदेशस्तरीय ‘फ्रि मिडिया नेटवर्क’ गठन
द नेप्लिज संवाददातानेपाल ब्यूटिसियन संघ कोशीको अध्यक्षमा सुधा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares