६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

अवैध लागूऔषधसहित ११ जना पक्राउ

द नेप्लिज संवाददाता
१ चैत २०८१, शुक्रबार

Advertisement

विराटनगर- देशको विभिन्न ठाउँबाट प्रतिबन्धित लागूऔषध सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागूऔषध स्पास्पेन २ सय ४० ट्याब्लेट सहित सोही नगरपालिका-१ नयाँ टीकापुर बस्ने १९ वर्षीय पवन नेपाली समेत दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  भारतबाट नेपालतर्फ आउँदै गरेको भे.८ प २५०९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूबाट उक्त लागूऔषध बरामद भएको प्रहरीले भनेको छ ।

झापाको दमक-१ फाल्गुनन्द चोकबाट  ५ सय मिलिग्राम खैरो हेरोइन, नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २६ वर्षीय डेक बहादुर थापा समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले डेक बहादुरको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो ।

प्रहरीले चितवनको कालिका नगरपालिका-८ मझुवाबाट गाँजा करिब २ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर -१० बस्ने ३३ वर्षीय सोम बहादुर गुरूङ, कालिका-९ बस्ने ३० वर्षीय लगेन्द्र चेपाङ र २८ वर्षीय राजेश चेपाङ रहेको प्रहरीले जनाएको छ ।  बा.प्र.०६-००१ ह ००४६ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ‌।

बाँकेको नेपालगंज-१५ जमुनाहबाट २ सय ४४ ग्राम चरेस सहित रूकुम पश्‍चिम आठबिसकोट-१ बस्ने ४३ वर्षीय कबिराम बुढालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नेपालबाट भारततर्फ पैदल जाँदै गरेकाे बेल उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित : १ चैत २०८१, शुक्रबार 17:49
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved