विराटनगर– कञ्चनपुर, मोरङ र रुपन्देहीमा लागु औषध सहित ११ जना पक्राउ भएको केन्द्रीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी–४ शान्तिपुरबाट चरेस जस्तो देखिने पदार्थ ४१ ग्राम ८१ मिलिग्राम सहित स्कूटरमा सवार स्थानीय ३ कशोरहरूलाई आइतबार दिउँसो पक्राउ गरिएको हो ।
यता विराटनगर–१५, एक नम्बर ढाँटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय १० मिलिग्राम सहित मोरङको बेलबारी–११ बस्ने २७ वर्षीय विशाल गुरूङ र सुनसरी इटहरी–८ बस्ने १९ वर्षीय आर्यन राजधामीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका विशाललाई ८ ग्राम ४ सय ८० मिलिग्राम र आर्यनलाई २ ग्राम ८ सय ३० मिलिग्राम उक्त पदार्थ सहित नियन्त्रणमा लिएको हो ।
मोरङकै रतुवामाई–४ आमबारी त्रिभूवन चोकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित स्थानीय २५ वर्षीय सुरज ताजपुरिया, २६ वर्षीय बिक्रम चौधरी र २६ वर्षीय अशोक गुरूङलाई पक्रेको प्रहरीले जनाएको छ । प्रहरीले शनिश्चरेबाट लारीकट्टातर्फ जाँदै गरेकोे मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देहीको सिद्धार्थनगर–८ बैंक कोलोनीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ५ ग्राम सहित कपिलवस्तु मायादेवी–३ बस्ने २४ वर्षीय विवेक पाण्डे, २३ वर्षीय स्वतन्त्र उपाध्याय र १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares