फाइल तस्बिर
२०६३ को मधेश आन्दोलनपछि उदाएको मधेशी जनअधिकार फोरमले पहिलो संविधानसभामा चौथो ठूलो शक्ति बनेको थियो । तर पार्टीभित्रको सत्ता मोह र नेतृत्व विवादका कारण पटक–पटक विभाजनमा गयो । त्यही इतिहास तमलोपा, सद्भावना जस्ता दलहरूमा पनि दोहोरियो ।
विराटनगर– मधेश र थारू समुदायको राजनीतिक आवाज बनेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता गर्ने सहमति जुटेको छ । कार्यदल गठनमार्फत गरिएको गृहकार्यपछि दुवै दलले अब एकीकृत नेतृत्व संरचना र चुनाव चिह्न जस्ता विवादित विषयहरूमा पनि समझदारी बनाइसकेका छन् ।
यस एकतालाई मधेशको राजनीतिक पुनर्संरचनाको संकेतका रूपमा हेरिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार पूर्वदेखि पश्चिमसम्म फैलिएको मधेशको भूगोलमा जनाधार बनाइसकेका यी दुई दलको एकता सशक्त क्षेत्रीय शक्ति निर्माणको दिशामा निर्णायक बन्न सक्छ ।
दुई पार्टीबीचको सम्भावित एकता सार्वजनिक हुनुअघि मधेशकेन्द्रित अन्य सात राजनीतिक दलले चैत २१ मा काठमाडौँमा ‘संघीय लोकतान्त्रिक मोर्चा’ को औपचारिक घोषणा गरेका थिए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय मुक्ति मोर्चा, जनमत, जनता प्रगतिशील पार्टी, नागरिक उन्मुक्ति र तमलोपा समेतको सहभागितामा बनेको उक्त मोर्चाले मधेशी, थारू, जनजाति, मुस्लिम लगायत सीमान्तकृत समुदायका मुद्दालाई अब थप संगठितरूपमा उठाउने दाबी गरेको छ ।
यसबारे जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले, ‘एजेन्डा एउटै छ—समानुपातिक अधिकार र स्वशासन । अब कार्यशैली पनि एउटै हुनुपर्छ,’ भनेका छन् । मधेश केन्द्रित राजनीतिमा एकता र मोर्चाबन्दीको अभ्यास नयाँ होइन । तर यसको दीर्घकालीन सफलताको इतिहास भने मिश्रित छ । २०६३ को मधेश आन्दोलनपछि उदाएको मधेशी जनअधिकार फोरमले पहिलो संविधानसभामा चौथो ठूलो शक्ति बनेको थियो । तर पार्टीभित्रको सत्ता मोह र नेतृत्व विवादका कारण पटक–पटक विभाजनमा गयो । त्यही इतिहास तमलोपा, सद्भावना जस्ता दलहरूमा पनि दोहोरियो ।
यही पृष्ठभूमिमा अहिलेको नयाँ मोर्चा र जनमत–नागरिक उन्मुक्तिको एकता प्रयासलाई विश्लेषकहरूले ‘सावधानीपूर्वक आशावादी’ दृष्टिकोणले हेरिरहेका छन् । २०७२ मा जारी संविधानले संघीयता, समानुपातिक समावेशीता, नागरिकता लगायतका विषयमा मधेशी समुदायका केही मागहरू सम्बोधन गरे पनि पूर्ण रूपमा अपेक्षित उपलब्धि हासिल नभएको गुनासो दलहरूले गर्दै आएका छन् ।
जनता प्रगतिशील पार्टीका एक नेताका अनुसार संविधानले केही ढोका खोलेको हो तर मधेशले खोजेको आत्मनिर्णय, स्वशासन र पहिचान अझै अधूरो छ । यही भावना बोकेर दलहरू फेरि संगठित हुँदैछन् । विश्लेषकहरूका अनुसार मधेश केन्द्रित दलहरूमा तीनवटा प्रमुख कमजोरी छन् जसले विगतमा आन्दोलनलाई संगठनमा बदल्न सकेनन् । पहिलो, आन्तरिक मतभेदलाई सहमतिबाट समाधान गर्न नसक्ने प्रवृत्ति, दोस्रो, नेताहरूमा देखिने अस्वाभाविक सत्तामोह र तेस्रो सार्वजनिक उत्तरदायित्वबोधको कमी भनेर औंल्याइएको छ ।
यही कमजोरीले गर्दा जनअपेक्षालाई संस्थागत गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । राजनीतिका जानकारहरुका अनुसार दल बलियो हुन्छ भने मात्रै एजेन्डा बलियो बन्न सक्छ । तर उनीहरू आफैंमा विभाजित छन् भने जनताका मुद्दा कमजोर बन्न पुग्छ ।
मधेशसँग बहस गर्न सक्ने, अधिकार माग गर्न सक्ने मुद्दा अझै बाँकी छ । त्यसलाई बोक्ने दलहरू पनि छन् । अब प्रश्न यति मात्रै हो—यी दलहरू कति लामो समयसम्म एकजुट रहन सक्छन् ? उनीहरू कति सशक्त र जिम्मेवार ढंगले अगाडि बढ्न सक्छन् ?
यदि विगतका गल्तीहरूबाट सिकेर, स्पष्ट कार्यदिशा, आपसी विश्वास र जिम्मेवार नेतृत्वका साथ अघि बढेमा यो एकता मधेश राजनीतिमा परिवर्तनको नयाँ अध्याय बन्न सक्छ । होइन भने यो पनि अर्को ‘एकता प्रयास’ का रूपमा इतिहासमा सीमित हुने निश्चित छ ।
समाचार
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातागोली प्रहारबाट घाइते युवतीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै
द नेप्लिज संवाददाताचार महिनाको संघर्षपछि मृत्युको बाटो
द नेप्लिज संवाददातादलित किशोरीको शंकास्पद मृत्यु : पुरानो मुद्दासँग सम्बन्ध
द नेप्लिज संवाददाताराजावादी आन्दोलनमा एकता नहुँदा ज्ञानेन्द्र शाह दुखी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares