६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

द नेप्लिज संवाददाता
६ चैत २०८१, बुधबार

Advertisement

काठमाडौं–  प्रहरीले देशको विभिन्न स्थानहरूबाट अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण तथा अपराध नियन्त्रणलाई प्राथमिकता दिँदै विभिन्न जिल्लामा प्रहरीले अपरेशन सञ्चालन गरेको थियो।

रूपन्देहीको बुटवल-२, फूलबारीबाट नियन्त्रित लागूऔषध सेरिज्याक २५ एम्पुल, फेनारगन २२ एम्पुल, र टालजेसिक २४ एम्पुलसहित ३१ वर्षीय राम दमैलाई मंगलबार दिउँसो पक्राउ गरिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले उनको घर तलासी गर्दा लागूऔषध फेला परेको हो।

नवलपरासी पूर्वको  गैंडाकोट-१० का ३१ वर्षीय सन्देश श्रेष्ठलाई नियन्त्रित लागूऔषध आइपिपिएल ७ एम्पुल, डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल, ट्रामाडोल ५१९ ट्याब्लेट, भोमाइन ५०० ट्याब्लेट र नगद ५,४५० रुपैयाँसहित मंगलबार दिउँसो पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोस्ट वेल्डिहाबाट खटिएको टोलीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारेको हो।

दार्चुलाको   महाकाली-१, छापरी बस्ने ४६ वर्षीया जानकी कार्कीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने १३६ ग्राम पदार्थसहित मंगलबार बेलुकी पक्राउ गरिएको छ। उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

कैलालीको  धनगढी-२, त्रिनगर ब्यारेलबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३२ ट्याब्लेटसहित २२ वर्षीय करन रतौकीलाई मंगलबार दिउँसो पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

मकवानपुरको हेटौंडा-८, कमानेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने २.२९ ग्राम पदार्थसहित ३ जनालाई मंगलबार साँझ पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ३७ वर्षीय रनिश थापा, ३५ वर्षीय सुनिल खड्गी, र ३२ वर्षीय धन सिंह वाईबा रहेका छन्। त्यस्तै, हेटौंडा-१०, न्यूरेनीबाट १.४३ ग्राम खैरो हेरोइनसहित ४३ वर्षीय हुम बहादुर थापा मगर, २४ वर्षीय बिजय आले मगर, र २० वर्षीय रबिन सुनार पक्राउ परेका छन्। हुम बहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला परेको हो।

दाङको घोराही-१०, जलौरा चोकस्थित प्युठानी खाजा पसलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने १.७२ ग्राम पदार्थ र १ थान मोबाइलसहित ३० वर्षीय सम्साद आलमलाई मंगलबार दिउँसो पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका सबै अभियुक्तहरूलाई लागूऔषध सम्बन्धी कानूनी कारबाही अगाडि बढाइरहेको छ भने अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित : ६ चैत २०८१, बुधबार 14:51
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved