२७ वैशाख २०८२, शनिबार 10 May 2025, Saturday

इडेन्बर्ग कलेजमा ४४२ विद्यार्थीलाई स्वागत

द नेप्लिज संवाददाता
२७ वैशाख २०८२, शनिबार

Advertisement

विराटनगर– इडेन्बर्ग कलेज विराटनगरले चालु शैक्षिक सत्रका लागि ४४२ जना विद्यार्थीलाई भर्ना गरी शनिबार स्वागत गरेको छ । कलेजमा सञ्चालित बीबीएस र बीएड अध्ययन पूरा गरेका १६० जना विद्यार्थीलाई विदाइसमेत गरेको हो । 

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०७४ सालबाट बीबीएस र बीएड कक्षा सञ्चालन गरेको उक्त कलेजमा हाल १ हजार ३६५ जना विद्यार्थी अध्ययनरत छन् । स्वागत तथा विदाइ कार्यक्रममा बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीद्वय प्रेम रौनियार र आरिफ सेखलाई स्वर्गीय कृष्ण देवान स्मृति छात्रवृति पुरस्कारअन्तर्गत कलेजले पूर्ण छात्रवृति प्रदान गरेको घोषणा गरेको हो । 

कलेज सञ्चालक भूवन नेपालले यस कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागि लोक सेवा आयोग, शिक्षक सेवा, बैंकिङ सेवाको तयारी कक्षासमेत सञ्चालन गर्दै आएको बताएका छन् । तयारी कक्षाले विद्यार्थीहरुलाई पढाइसँगै रोजगारीको समेत सुनिश्चितता गर्दै आएको उनको भनाइ थियो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले नेता आउने, भाषण गर्ने र भाषण गरेर गएपछि केही नगर्ने भास्य निर्माण भएको बताएका छन् । उनले विद्यार्थीहरुलाई जीवनमा समयलाई महत्व दिन आग्रह गरेका थिए । ‘यहाँ कामलाई सानो र ठूलोमा बर्गीकरण गरेर पनि बेरोजगारीको संख्या बढेको छ,’ उनले भने, ‘कामलाई सानो र ठूलो भन्दा पनि खाली बस्नुभन्दा पनि जस्तोसुकै काम गर्ने संस्कृति विकास गरी समयलाई मूल्यवान बनाउनु आवश्यक छ ।’ 

प्रकाशित : २७ वैशाख २०८२, शनिबार 16:54
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved