विराटनगर — सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानी चोकमा शनिबार साँझ दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ च ०२५१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भइ सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका–८ राजाबास निवासी ३० वर्षीय खतिवडाको टाउको, छाती र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेपछि उपचारका लागि विराट टिचिङ अस्पताल, बूढीगंगा लगिएको थियो। तर त्यहाँ उनको मृत्यु भएको हो।
घाइतेमध्ये पिकअप चालक सुरेश कार्की (३८), निवासी चौदण्डीगढी नगरपालिका–६, उदयपुर, र उनकी १४ वर्षीया छोरी रोजिना कार्की रहेका छन्। सुरेशको टाउको र छातीमा चोट लागेको छ भने रोजिनाको चिउँडोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ। दुवैको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ।इलाका प्रहरी कार्यालय दुहबीका निरीक्षक सागर तिमिल्सिनाका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
नवलपरासीमा मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१ स्थित लोकाहा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुई दाजुभाइको मृत्यु भएको छ।
मुण्डेबाट लोकाहातर्फ जाँदै गरेको लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेपछि कावासोती–११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।
गम्भीर घाइते भएका दुवैलाई उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार
पाकिस्तानमा रहेका नेपालीको सुरक्षाबारे सरकार सतर्क
द नेप्लिज संवाददाताभारत–नेपाल सीमामा परिचयपत्र अनिवार्य
द नेप्लिज संवाददातामुसलमानहरुको धर्मग्रन्थ कुरानमा आधारित पाकिस्तानी आक्रमण
जितेन्द्र साहदेशमा नयाँ जनमतको आवश्यक्ता छ : अध्यक्ष विजुक्छे
द नेप्लिज संवाददाताभारत–पाकिस्तानबीच शनिबार के–के भयो ?
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares