६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

दुई जनाको रहस्यमय मृत्यु

द नेप्लिज संवाददाता
१६ फागुन २०८१, शुक्रबार

Advertisement

विराटनगर- दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत  रोल्पाको सुनछहरी गाउँपालिका-३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर मृत फेला परेका छन् ।

हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्र १४ फागुनदेखि सम्पर्कमा थिएनन् ।

खोजतलासको क्रममा उनको शव बिहीबार साँझ बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोभन्दा करिब दुई सय मिटर तल भीरमा‌ फेला परेको प्रहरीको भनाइ छ ।

अर्को घटनामा काभ्रेपलाञ्चोकको बनेपामा नगरपालिका-८ स्थित होटल भ्यू पाहुना घरमा बिहीबार साँझ एक जना महिला मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृत महिला पबनेपा-६ बस्ने रामेछापकी २३ वर्षीया शर्मिला श्रेष्ठ भएको खुलेको छ। उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन् । घटनाको प्रकृति हेर्दा हत्याको आशंका गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित : १६ फागुन २०८१, शुक्रबार 10:33
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved