‘राजावादी यहाँ छ, सके जेल हाल !’
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा शुक्रबार आफूलाई जेल हाल्ने चुनौती दिएका छन् । प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरूले राजावादीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि लिङ्देनले छाती ठोक्दै भने, ‘राजावादी यहाँ छ, सके जेल हाल ! ’
लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद्मा सत्ता पक्षबाट कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि... छाती ठोकेर भनियो, राजावादी यहाँ छ, सके जेल हाल !’ उनले संसदमा बोलिरहँदा बेलाका आक्रोशित मुद्राका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल छन् ।
लिङ्देनको यो अभिव्यक्तिले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा राजतन्त्र पुनःस्थापनाको बहसलाई थप चर्काएको छ । राजावादी आन्दोलनको भविष्य र राप्रपाको भूमिका सम्बन्धी बहसहरू सामाजिक सञ्जाल र मिडियामा चलिरहेका छन् ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares