८ वैशाख २०८२, सोमबार 21 Apr 2025, Monday

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

द नेप्लिज संवाददाता
८ वैशाख २०८२, सोमबार

Advertisement

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०३ पैसा कायम गरिएको छ ।

त्यसैगरी स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रुपैयाँ २९ पैसा, क्यानाडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४१ पैसा छ भने जापानी येन १० को खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

त्यस्तै चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा रहेको छ ।

थाई भाट एकको खरिददर ४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४ रुपैयाँ २१ पैसा, डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८० पैसा र बिक्रीदर २० रुपैयाँ ८९ पैसा तय गरिएको छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७ रुपैयाँ ६४ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । बैंकले आवश्यक परेमा विनिमयदर कुनै पनि समयमा संशोधन गर्न सकिने जानकारी दिएको छ । वाणिज्य बैंकहरूले भने खुला बजारको आधारमा आफ्नै विनिमयदर तोक्न सक्ने र अद्यावधिक दर नेपाल राष्ट्र बैंकको वेबसाइटमार्फत उपलब्ध हुने उल्लेख गरिएको छ ।

 

प्रकाशित : ८ वैशाख २०८२, सोमबार 06:52
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved