६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

घुस लिने र दिने विरुद्ध मुद्दा

द नेप्लिज संवाददाता
१४ चैत २०८१, बिहीबार

Advertisement

काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  घुस लिने र दिने विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कास्कीको पोखरा–२७ का तत्कालीन वडा सचिव प्रभात लामिछाने र स्थानीय दिनेश लामिछानेविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको हो । जन्म दर्ता र कागजातमा जन्म मिति सच्याउने प्रयोजनका लागि घुस लिएको र दिएको उनीहरूमाथि आरोप छ ।                                                          

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार वडासचिव लामिछानेले दिनेशबाट २ लाख ५० हजार घुस लिएको पुष्टि भएको छ । वडा सचिव लामिछानेले भनेजति रकम दिनेशले नै उनको बैंक खातामा जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

लामिछानेले पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्म मिति कायम गरी दर्ता भइसकेको अवस्थामा पुनः दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता गरी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरेको अख्तियारको ठहर छ । दुवैमाथि २ लाख ५० हजार बिगो बमोजिमको जरिवाना र सजायको माग गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
 

प्रकाशित : १४ चैत २०८१, बिहीबार 16:19
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved