६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

भौगोलिक सूचना प्रणालीसम्बन्धी तालिम सुरु

द नेप्लिज संवाददाता
४ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर– विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा बिहीबारदेखि तीनदिने भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु भएको छ ।

विराटनगर–११ स्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम)मा तालिमको विराटनगर महानगरका मेयर नागेश कोइराला र प्रमुख प्रशिक्षक इन्जिनियर अशोक ठकुल्लाले संयुक्त रुपमा ड्रोन उडाएर तालिमको उद्घाटन गरेका हुन् । 

विकेभिएम स्कुलका प्राचार्य रविन दाहालको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विपदको समयमा विराटनगर महानगरपालिकाका विभिन्न स्थान जोखिममा पर्ने र उचित प्रविधि र प्राविधिक जनशक्तिको अभावमा महानगरपालिकाले चाहेर पनि विपद व्यवस्थापनमा तीव्रता लिन नसकेको बताएका छन् । 

तीनदिने तालिममा विद्यार्थीहरुले जीआईएसको प्रयोग गरी विपद व्यवस्थापनमा टेवा पु¥याउन सक्ने सक्षम युवा जनशक्ति विराटनगरले पाउँछ भन्ने आशा व्यक्त गर्दै समितिलाई धन्यवाद दिए । प्राचार्य दाहालले जीआईएस र एआईजस्ता विषय महानगरको स्थानीय पाठ्यक्रममा पनि समावेश गरिएमा मात्रै आधुनिक शिक्षा क्षेत्रमा सुदृढीकरण गर्न सकिने धारणा राखे । 

कार्यक्रमका प्रमुख प्रशिक्षक ईञ्जिनियर अशोक ठकुल्लाले कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पारेका थिए । कार्यक्रम ३० जना सहभागी लक्षित थियो भने दोब्बर आवेदन प्राप्त भएको र विद्यार्थी छनोट गर्न निकै समस्या भएको समितिका सदस्य ओशन शर्मा कट्टेलले बताए ।

कार्यक्रममा समितिका सदस्य उदिप पोखरेल, प्रितम साह, दर्शन पौडेललगायतले तालिम निकै उपलब्धिमूलक हुने बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका निजी तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थी र पूर्वाञ्चल, त्रिभुवन तथा काठमाडौं विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरू सहभागी छन् । 

प्रकाशित : ४ वैशाख २०८२, बिहीबार 19:25
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved