२३ जेठ २०८२, शुक्रबार 06 Jun 2025, Friday

विराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै

द नेप्लिज संवाददाता
२१ जेठ २०८२, बुधबार

Advertisement

विराटनगर– विराटनगर महानगरपालिकाले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको आउँदो जेठ २३ र २४ गते दुई दिने राष्ट्रिय सम्मेलन विरेन्द्रसभा गृहमा आयोजना गर्दै छ । सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल २९१ जना उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहने महानगरले जनाएको छ । 

सम्मेलनमा न्याय प्रणाीमा विवाद निरुपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरुमा चाहिने ज्ञान, सीप तथा कार्य दक्षता सम्बन्धी काशीराज दाहाल, वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी डा. गोपी खनाल र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिका सम्बन्धी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने विराटनगर महानगर उपप्रमुख शिल्पा निराला कार्कीले बताइन् । 

सहभागी उपप्रमुख तथा उपाध्यक्षहरुले समूह छलफल गरेर पालिका सञ्चालनमा देखिएका समस्या तथा समाधानका उपायहरुको बारेमा प्रस्तुति दिने र सम्मेलनको अन्तिम दिन उपप्रमुख तथा उपाध्यक्षहरुको विराटनगर सम्मेलनको घोषणा पत्र जारी गरेर समापन हुने महानगर प्रमुख नागेश कोइरालाले बताएका छन् । उनले सम्मेलनको उद्घाटन पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने बताएका हुन् । 

सम्मेलनबाट सहभागी उपप्रमुख तथा उपाध्यक्षहरुको क्षमता विकास हुने, योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन, न्यायिक निरुपणमा सहजता ल्याई सेवा प्रवाह प्रभावकारी हुने, असल अभ्यासहरुको आदानप्रदान, विराटनगर घोषणा पत्र जारी गरी अस्पष्टता र बाझिएका कानुनहरु संशोधनका लागि दिएका सुझावहरु कार्यान्वयन भै थप अधिकार प्राप्त हुने अपेक्षा गरिएको छ । 

यस्तै, अन्तरस्थानीय तहबीच आपसी सद्भाव र समन्वय कायम भई स्थानीय सरकारका साझा मुद्दाहरुमा एकजुह हुने, न्यायिक समितिका पदाधिकारीहरुबीच नियमित सम्पर्क, समन्वय, सहकार्य हुनुका साथै कार्य सम्पादनमा एकरुपता कायम हुने सम्मेलनको अपेक्षित लक्ष्य रहेको उपप्रमुख कार्कीले बताइन् । 

प्रकाशित : २१ जेठ २०८२, बुधबार 17:12
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved