विराटनगर– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक तस्करी गिरोहलाई पक्राउ गरे पछि स्थलमार्गबाट तराईका जिल्ला हुँदै संघीय राजधानी काठमाडौँसम्म ल्याएर चाँदीको अवैध कारोबार भइरहेको खुलासा भएको छ । उक्त कार्यालयले पाँच जनालाई २० किलोग्राम चाँदीसहित पक्राउ गरेको छ । बरामद चाँदीको मूल्य ३४ लाख रुपैयाँ हो । बुधबार नेपाल बजारमा चाँदीको मूल्य तोलाको एक हजार ९ सय ५० रुपैयाँ कायम छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा बाराको कलैया नगरपालिका–८ खपरटाटाका २८ वर्षीय गणेश साह, कलैया–८ कै ३४ वर्षीय प्रेमकुमार कुशवाह, काठमाडौँ–३२ नरेफाँट बस्ने बाराकै जितपुर सिमरा–१६ का २२ वर्षीया विपना सार्की, ३४ वर्षीय सन्तोषकुमार साह र पर्साको वीरगञ्ज–१६ नगुवा गाउँका ३२ वर्षीय दिनानाथ साह सुनार छन् । उनीहरू सामानसहित नरेफाँटबाटै पक्राउ परेका हुन् ।
उक्त कार्यालयको इन्टेलिजेन्स पिलरले निरन्तरको सूचना पछि पछयाएर उनीहरुलाई प्रमाण सहित नियन्त्रणमा लिएको हो । यो समूहले करिब एक वर्षदेखि चाँदीको तस्करी गरिरहेको खुलेको छ । प्रहरीका अनुसार नेपालभन्दा भारतमा चाँदी केही सस्तो छ । भन्सार छलेर पास गराएपछि बढी फाइदा हुने रहेछ । उनीहरूले भारतबाट चाँदीका दाना तस्करी गरेर नेपाल ल्याउने गरेको प्रहरीले जनाएको छ । ल्याएको चाँदी नरेफाँटमा स्टोर गरेर राख्ने गरिएको प्रहरीको अनुसन्धानमा पत्ता लागेको छ ।
उनीहरूले भारतको रक्सौलबाट चाँदी ल्याउने गरेको प्रहरीले जनाएको छ । ‘मुख्य’ आरोपित सन्तोष साहले तेस्रोपटक चाँदी लिएर काठमाडौँ आएको बताएका छन् । उनल एकपटकमा १५ देखि २० किलो चाँदी ल्याउने गरेको बताए । उनले यसका लागि भारत र नेपालमा भरिया राख्ने गरेको बताए ।
उनीसँगै पक्राउ परेका प्रेम र गणेश भरिया हुन् । सन्तोषले चार वर्षअघि बाराको कलैयामा शुभलक्ष्मी सुनचाँदी पसल खोलेका थिए । पसल सञ्चालन गर्न लिएको ब्याजको रकम तिर्न नसकेर बिक्री गरेको उनले बताएका छन् । पसल बिक्रीपछि उनी वैदेशिक रोजगारीका निम्ति दुई वर्ष दुबई बसेको प्रहरीले जनाएको छ ।
चितवनमा होटेल समेत सञ्चालन गरे । सुन पसल, वैदेशिक रोजगारी र होटेल व्यवसायबाट पनि राम्रो कमाइ गर्न असफल भए पछि चाँदी तस्करीमा लागेको उनले बताए ।
प्रहरीका अनुसार भरिया प्रेम र गणेशले एक महिनामा तीनपटकसम्म पर्साबाट तस्करीको चाँदी काठमाडौँ ल्याउँथे । भारतबाट १५ किलो चाँदी ल्याए वापत जनही आठ हजार र २० किलो ल्याउँदा १० हजार रुपैयाँ पाउँथे । तस्करीको चाँदी उनीहरूले काठमाडौंका सुनचाँदी व्यवसायीलाई मात्र बिक्री गर्दै आएको प्रहरीले भनेको छ । सुनचाँदी व्यवसायीकै मागानुसार आफूले भारतबाट चाँदी तस्करी गरिरहेको सन्तोषले प्रहरीसमक्ष बताएका छन् ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares