विराटनगर– विराटनगरस्थित ट्राफिकचोकमा शुक्रबारदेखि ‘द मोक्स फेसन डिजाइन’ सञ्चालनमा आएको छ । विराटनगर १२ का २६ वर्षीय युवा देबानन्द अधिकारीले फेसन डिजाइनको कपडा उत्पादन तथा बिक्री वितरणका लागि द मोक्स सञ्चालनमा ल्याएको हो ।
भारतको पञ्जाब टेक्नोलोजी विश्वविद्यालयबाट फेसन डिजाइनिङ्मा स्नातक उतिर्ण असधकारीले फेसन डिजाइनका बुटिक पोशाकका साथै फेसन एकेडेमीसमेत सञ्चालनमा ल्याउने गरी लगानी गरेको बताए । ‘अहिले सुरुमा करिब ५० लाखको लागतमा फेसन डिजाइनका कपडाका लागि द मोक्स सञ्चालनमा ल्याएको छु,’ उनले भने, ‘विवाह, ब्रतबन्धलगायतका सामाजिक, पारिवारिक, धार्मिकलगायतको कार्यक्रममा समेत शरीर सुहाउँदो डिजाइनको पोशाक उत्पादन गरेर सेवा दिने लक्ष्य छ ।’
अधिकारीले चाँडै फेसन एकेडेमी पनि सञ्चालनमा ल्याउने तयारी गरेको बताए । ‘फेसन एकेडेमीमा फेसन शोको आयोजनासँगै फेसन शोका सहभागीलाई पठनपाठनका साथै प्रयोगात्मक ज्ञानसमेत दिने योजना छ ।’
अधिकारीले विराटनगरमा फेसन डिजाइनको लुगा लगाउने खासै संस्कृति नरहेको तर अबको समाज त्यतातर्फ ढल्किदै गएकोले द मोक्स सञ्चालनमा ल्याएको बताए । उनले विराटनगरलगायत यस क्षेत्रका उपभोक्ताले फेसन डिजाइनको पोसाकका लागि भारतीय बजार धाउनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने सुनाए ।
‘भारतमा चर्चित फेसन डिजाइनिङ कम्पनीमा काम गरिसकेको पञ्जाबका जगदिप सिंहलगायतका साथीहरुको साथ रहेकोले विराटनगरमा फेसन डिजाइनको पोसाकको संस्कृति स्थापित हुनेमा आफू विश्वस्त छु,’ उनले भने, ‘हामीसँग प्रत्येक थिममा १६–१६ वटा डिजाइन भएको १२ वटा थिम रहेकोले यहाँका उपभोक्ताको रोजाइमा हाम्रो उत्पादन पर्नेमा विश्वस्त छु ।
अर्थ/वाणिज्य
राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक
द नेप्लिज संवाददाताराष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा, सत्ता साझेदारबीच सहमति
द नेप्लिज संवाददातादेशमा सपना छैन कि व्यवस्था विश्वासिलो छैन ?
जितेन्द्र साहगभर्नर बन्नै लागेका डा. गुणाकर भट्टको योग्यतामाथि प्रश्न/अपडेटेड
द नेप्लिज संवाददाताअतिरिक्त सचिव पदको बहसमा कांग्रेस एक्लियो
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares