४ वैशाख २०८२, बिहीबार 17 Apr 2025, Thursday

काठमाडौं बाहिर पहिलोपटक विराटनगरमा सेफ प्रतियोगिता (तस्बिरहरु)

प्रतियोगिताको उपाधी विराट भिक्टोरियालाई
द नेप्लिज संवाददाता
२४ फागुन २०८१, शनिबार

Advertisement

विराटनगर– कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको सिकाइ र कलेजहरुको शैक्षिक गुणस्तर मापनका लागि काठमाडौं बाहिर पहिलो पटक हिमालय दर्शन कलेजले अन्तर कलेज विराटनगरमा सेफ प्रतियोगिता आयोजना गरेको छ ।

हिमालय दर्शन कलेज विराटनगरका प्रिन्सिपल भरत सापकोटाले कक्षा ११ र १२ मा विद्यार्थीहरु सेप कक्षा पढ्ने तर त्यसको प्रभावकारी मूल्यांकन हुन नसक्दा शैक्षिक गुणस्तर कामय नहुने भएकाले प्रतियोगिताको आयोजना गरिएको बताएका छन् । ‘यो सेफ प्रतियोगिता काठमाडौं बाहिर पहिलो हो र यसमा मोरङका १० वटा कलेजका विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका छन्,’ उनले भने, ‘प्रत्येक कलेजबाट ४÷४ जना विद्यार्थीको समूहले निःशूल्क रुपमा प्रतियोगितामा भाग लिएका छन् ।’

विद्यार्थीहरुले के सिकेको विषयमा आधिकारिक निकाय नेपाल एजुकेशन बोर्डले समेत अनुगमन मूल्यांकन नगर्ने गरेकाले यो विषयको गणस्तरीयता मापन हुन नसकेको र त्यसले विद्यार्थीहरुमा दक्षतासमेत प्राप्त हुन नसकिरहेकाले यो प्रतियोगिता आयोजना गरेको सापकोटाले बताएका हुन् । प्रतियोगिताले विद्यार्थीहरुमा पेशागत दक्षता अभिवृधि हुनुका साथै सीपसमेत विकास हुने लक्ष्य रहेको उनले बताएका छन् । ‘सेफको पढाइ कलेजहरुमा हुन्छ तर यसको मूल्यांकन कुनै आधिकारिक निकायबाट हुँदैन,’ उनले भने, ‘कलेजहरुले पढाउने र आफै परीक्षा लिएर विद्यार्थीलाई उतिर्ण गरिदिने चलनले दक्षता प्राप्त गर्न नसकेको हुँदा उत्पादित जनशक्ति बजारमा बिक्न सकेको छैन तर यो प्रतियोगिताले विद्यार्थीहरुमा दक्षता अभिवृधि भइ रोजगारी समेत प्राप्ति हुन्छ ।’

अन्तर–कलेज सेफ प्रतियोगिताको उपाधि विराट विक्टोरिया मेमोरियल स्कुलले जितेको छ । हिमालय दर्शन कलेज परिसरमा आयोजित सेफ प्रतियोगितामा द्वितीय स्थान सुकुना सेकेण्ड«ी स्कुल र तृतीय स्थान ब्राइट फ्यिूचर स्कूलले प्राप्त गरेका छन् । प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ र ट्रफि हात पारेका छन् ।

प्रतियोगिताको निर्णायक समितिमा सेफ एशोसिएशन नेपालका पूर्व अध्यक्ष श्रीराम अधिकारी र नेथमको बिएचएम कोर्डिनेटर विपिन नेपाल रहेका थिए । प्रतियोगितामा विद्यार्थीहरूलाई साढे दुई घण्टाको समयावधि दिइएको थियो, जसमा उनीहरूले स्थानीय सामग्रीहरूको प्रयोग गरेर अद्वितीय परिकारहरू तयार गरे । निर्णायक मण्डलले स्वाद, प्रस्तुति, सिर्जनशीलता र समयको प्रभावकारी प्रयोगलाई मूल्याङ्कनको आधार बनाएर उत्कृष्ट विद्यालय छनौट गरिएको निर्णायक श्री राम अधिकारीले बताए ।

हिमालय दर्शन कलेजका कार्यक्रम संयोजक अन्जु भुजेलले आगामी दिनमा यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना गरिने बताइन् । ‘हामी विद्यार्थीहरूलाई उद्योगको मापदण्ड अनुरूप तयार गर्न प्रतिबद्ध छौं,’ उनले भनिन्, ‘यस्ता प्रतियोगिताहरूले व्यावसायिक सञ्जाल विस्तार गर्न र सिकाइलाई मजबुत बनाउन मद्दत गर्छन् ।’

 ‘हामीले हस्पिटालिटी क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्न र उनीहरूलाई व्यावहारिक ज्ञानका साथै कार्यस्थलको प्रत्यक्ष अनुभव प्रदान गर्न यो प्रतियोगिता आयोजना गरेका हौँ,’ कलेज प्रमुख सापकोटाले भने, ‘आज विद्यार्थीहरूले देखाएको कौशल र सिर्जनशीलता अत्यन्त प्रभावशाली भएकोले कक्षा १२ उतिर्ण भएपछि कार्यदक्षताका आधारमा रोजगारी प्राप्तीमा सहजता प्राप्त हुन्छ ।’

शिक्षादिप कलेजका निर्देशक शैलेन्द्र शिवाकोटीले यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूलाई रोजगारी बजारमा प्रवेश गर्नुअघि व्यावहारिक अनुभव प्रदान गर्ने बताए । विजेता टिमका सदस्य विद्यार्थीहरुले आफूहरुका लागि यो प्रतियोगिताले अविश्वसनीय अनुभव रहेको बताए । आफूहरुले सिकेका सिद्धान्तहरूलाई व्यवहारमा उतार्न पाउँदा आत्मविश्वास बढेको विद्यार्थीहरुको भनाइ थियो । 

प्रकाशित : २४ फागुन २०८१, शनिबार 08:27
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved