विराटनगर- वीरगन्ज भन्सार क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी बलले भेटाएको एक झोलाभित्र साढे ५८ लाख रुपैयाँ बढी मूल्यको हिरा र सुनका गहना रहेको खुलेको छ ।
सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले गत शनिबार वीरगन्ज भन्सारको मूल गेटको सडकमा भारतबाट आउने गाडीको नियमित चेकजाँचका क्रममा एक सवारी साधनबाट बरामद बेवारिसे झोलाबाट ५८ लाख ६६ हजार ९ सय २७ रुपैयाँ मूल्यको हिरा र सुनका विभिन्न गहना भेटिएको हो ।
प्रहरीका अनुसार उक्त झोलामा १० हिरा जडित बाला, एक ब्रासलेट, ९ फेन्सी ब्रासलेट, ४औंठी, ४ सुनको मंगलसूत्र , ११ अन्य गहना, ४ लकेट , १३ झुम्का र ६ जोर कानको टप फेला परेको हो ।
सुनचाँदी व्यवसायी संघमा लगेर जाँच र मूल्यांकन गराउँदा सक्कली प्रमाणित हिराका गहनाका बजार मूल्य ३६ लाख १५ हजार ८७ रुपैयाँ र सुनका गहनाको बजार मूल्य २२ लाख ५१ हजार ८ सय ४० गरी कूल ५८ लाख ६६ हजार ९ सय २७ रुपैयाँ रहेको प्रहरीले जनाएको छ
बरामद गहना आवश्यक कारबाहीका लागि सोमबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । उक्त गहना कसले र किन ल्याएको बारेमा अहिलेसम्म खुल्न सकेको छैन ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares