२४ जेठ २०८२, शनिबार 07 Jun 2025, Saturday

वैदेशिक रोजगारीमा ८६ लाखको ठगी, ६ पक्राउ

द नेप्लिज संवाददाता
२७ फागुन २०८१, मङ्गलबार

स्केच : द हिन्दु

Advertisement

विराटनगर– आकर्षक तलब सहित वैदेशिक रोजगारीमा विभिन्न देश पठाइ दिने भनेर प्रलोभनमा लाखौँ रुपैयाँ ठगेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले विभिन्न व्यक्तिबाट ८५ लाख ५२ हजार रुपैयाँ ठगेको प्रारम्भिक अनुसन्धानमा देखिएके छ ।

प्रहरीका अनुसार पक्राउहरूमा काठमाडौं–१६ बस्ने गोरखा आरूघाट–४ की २४ वर्षीया सरू परियार, काठमाडौं टोखा–३ बस्ने  कञ्चनपुर बेलौरी–३ का ३२ वर्षीय जेम्स राना, काठमाडौं कीर्तिपुर–६ की ३४ वर्षीया रेखा तुलाधार, काठमाडौं–१६ बस्ने धादिङ निलकण्ठ–९ का २७ वर्षीय रवि खनाल, काठमाडौं बुढालिकण्ठ–८ बस्ने ताप्लेजुङ सिरिजङ्घा–१ का ४० वर्षीय ललित बहादुर ईवारम र ३३ वर्षीय दिपेश सुब्बा लिम्बु छन् ।  

सरूले अष्ट्रेलिया पठाइदिने भनेर एक पीडितबाट २ लाख ५० हजार रूपैयाँ, जेम्सले क्रोएसिया पठाउन भन्दै अर्को पीडितबाट ३ लाख रूपैयाँ, रेखाले जापान पठाउने भनेर ४ पीडितहरूबाट १३ लाख २ हजार रूपैयाँ, रविले अमेरिका पठाउने भरोसामा एक पीडितबाट १४ लाख रूपैयाँ तथा ललित र दिपेशले अमेरिकाका काम लगाइ दिने भन्दै थप एक पीडितबाट ५३ लाख रूपैयाँ लिइ सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित : २७ फागुन २०८१, मङ्गलबार 15:32
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved