विराटनगर– कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश प्रहरी कार्यालयले प्रदेशभरि ‘अवको युद्ध दुर्व्यसन विरुद्ध’ भन्ने मूल नाराका साथ दुर्व्यसन विरुद्धको अभियान बुधबार सुरु गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित म्याजिक स्टेण्डमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा उक्त अभियान सुरु गरेको हो ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दुर्व्यसन विरुद्धको अभियानलाई कम्प्युटरको माध्यमबाट डिजिटल बटम थिचेर कोशी प्रदेशका १४ वटै जिल्लामा एकसाथ दुरव्यसन विरुद्धको अभियान शुभारम्भ गरेका छन् । लागूऔषधको दुर्व्यसनले हाम्रो समाजलाई पछाडि धकेली रहेको बताउँदै मुख्यमन्त्री कार्कीले आजबाट सुरु भएको लागूऔषध विरुद्धको अभियानलाई सफल बनाउन तीनै तहको सरकार, सुरक्षा निकाय, दुर्व्यवसन विरुद्धका अभियन्ताहरु सबैको सहकार्य र हातेमालो गरी अगाडि बढेमा दुर्व्यसन मुक्त समाज निर्माण गर्न सकिने बताए ।
उक्त अभियान अन्तरगत गठित क्लवका पदाधिकारीहरुलाई अभियानको टिसर्ट बितरण गरिएको थियो । यसैगरी लागूऔषध दुर्व्यसन विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन तथा जनचेतना अभिबृद्धि गर्ने कार्यमा सक्रीय रहेका विभिन्न विद्यालय तथा संघ संथामा आवद्ध व्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रमुख रहेको अवस्थामा सुरु गरेको दुव्र्यसन विरुद्धको अभियानलाई प्रदेश प्रहरी प्रमुख भएर आएपछि निरन्तरता दिएका हुन् । ‘किशोर अवस्थाका बालबालिकाहरु साथी भाईको दवाव, ठूलाबडाको सिको, आफ्नो जिज्ञासा, भ्रम वा अज्ञानताको कारण लागूऔषधको दुर्व्यवसनमा फस्ने उच्च जोखिम रहेको हुन्छ,’ उनले भने, ‘अवको युद्ध दुर्व्यसन विरुद्ध भन्ने नारालाई आत्मसात गर्दै सबैलाई एक जुट भई अगाडि बढ्न आग्रह छ ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले आगामी आर्थिक बर्षमा थप बजेट तथा नीति कार्यक्रमका साथ लागूऔषध दुर्व्यवसनको बढ्दो दरलाई घटाउन सचेतनामुलक कार्यक्रमहरु सहितको आयोजना बनाई अगाडि बढ्ने बताए ।
कार्यक्रममा इटहरी उप(महानगर पालिकाका प्रमुख हेमकर्ण पौडेल, तत्कालिन सुनसरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खडका, लागूऔषध दुर्व्यसन विरुद्ध सक्रिय मनोज सुवेदी, रंजु दाहाल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा सामाजिक विकासमन्त्री पाँचकर्ण राई, पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल, कोशी प्रदेश सभा सदस्यहरु, मन्त्रालयहरुका सचिवहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, विभिन्न सुधार केन्द्रका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज, बुद्धिजिवि, विभिन्न विद्यालयका शिक्षक एवं विद्यार्थीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रदेश
कडा रोगीलाई साढे आठ करोड बाँड्दै प्रदेश सरकार
द नेप्लिज संवाददाता´लाेकतन्त्र प्रबन्धनका लागि महिलाकाे अर्थपूर्ण सहभागिता अपरिहार्य`
द नेप्लिज संवाददातासमस्याग्रस्त सहकारीको समस्या समाधानका नाममा १ करोड २८ लाख खर्चिदै कोशी सरकार
द नेप्लिज संवाददाताप्रदेशस्तरीय ‘फ्रि मिडिया नेटवर्क’ गठन
द नेप्लिज संवाददातानेपाल ब्यूटिसियन संघ कोशीको अध्यक्षमा सुधा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares