विराटनगर– सामाजिक विकासमन्त्री पाँचकर्ण राईले कोशी प्रदेशका उत्कृष्ट १० जना महिला उद्यमीलाई मंगलबार पुरस्कृत गरेका छन् । मन्त्री राईले प्रत्येक महिला उद्यमीलाई फूलमाला अबीर लगाएर दोसल्ला ओढाई ६५ हजारका दरले नगद र कदर पत्र प्रदान गरी पुरस्कृत गरेका हुन् ।
मन्त्रालयले ‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता हाम्रो अभियान’ मूल नाराका साथ मनाइरहेको सातौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा यस प्रदेशका १४ जिल्लामध्ये १० जिल्लाका सफल महिला उद्यमीहरुलाई पुरस्कृत गरेको हो । यस प्रदेशस्थित १४ वटै जिल्लाका सफल महिला उद्यमीलाई पुरस्कृत गर्नका लागि मन्त्रालयले सार्वजनिक सूचना आह्वान गरी सफल उद्यमीको दावीसहितको आवेदन माग गरिएको थियो । जसमा १० जिल्लाका महिलाहरुले पेश गरेका आवेदनमध्ये उत्कृष्ट १० जना महिलालाई छनोट गरी पुरस्कृत गरिएको मन्त्रालयका महिला विकास महाशाखा प्रमुख दर्गा भण्डारी (बराल)ले बताइन् ।
मन्त्रालयले आह्वान गरेको सूचनामा यस प्रदेशका १४ जिल्लामध्ये उदयपुर, संखुवासभा, सोलुखुम्बु र तेह्रथुम गरी ४ जिल्लाबाट कुनैपनि महिला उद्यमीको आवेदन नपरेकोले १० जना महिला उद्यमी मात्रै पुरस्कृत भएको भण्डारीले जानकारी दिइन् । उनका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा र ताप्लेजुङ जिल्लाबाट प्राप्त आवेदनमध्ये उत्कृष्टताका लागि प्राप्त अंकका आधारमा प्रत्येक जिल्लाबाट एक–एक जना महिला उद्यमी छनोट गरेर पुरस्कृत गरिएको हो । १४ जिल्लाबाट १४ जना महिला उद्यमीलाई पुरस्कृत गर्ने मन्त्रालयको योजना भए पनि आवेदन नपरेकोले १० जिल्लाका १० जनालाई मात्रै पुरस्कृत गरिएको उनले बताइन् ।
झापाको शिवसताक्षी–११ मा माहुरी पालन गर्दै आएकी देवकुमारी ओली, इलामको सूर्योदय नगरपालिका १ मा नमोबुद्ध फूल नर्सरी सञ्चालिका लासाङ तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका १० मा अमृत च्याउ उद्योग सञ्चालन गरेकी अमृता श्रेष्ठ, भोजपुरको भोजपुर नगरपालिका ५ मा प्रतिक्षा कृषि तथा पशुपंक्षी फर्म सञ्चालिका प्रतिक्षा श्रेष्ठ पुरस्कृत भएका छन् ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका ४ मा बराह हर्बल उद्योग सञ्चालन गर्दै आएकी अम्बिता भण्डारी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ मा खिना ढाका कपडा उद्योग सञ्चालिका खिना विश्वकर्मा, ओखलढुंगाको चिशंखुगढी नगरपालिका २ मा कन्चन सिलाई कटाई प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएकी कोपिला श्रेष्ठ पुरस्कृत भएका हुन् ।
यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका १० मा निशा एकिकृत कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गर्दै आएकी देवीमाया थापा, ताप्लेजुङको फुङ्लिङ नगरपालिका ४ मा न्यू सौन्दर्य ब्यूटी पार्लर सञ्चालिका सितला श्रेष्ठ र पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ मा चेसुङ एकिकृत पशुपंक्षी तथा कृषि फर्म प्राली सञ्चान गर्दै आएकी कृतिमाया चेम्जोङ पुरस्कृत भएकी महाशाखा प्रमुख भण्डारीले बताइन् ।
पुरस्कार वितरण कार्यक्रममा मन्त्री राईले प्रदेशको समग्र विकास महिलाको योगदानबिना अपुरो हने र समतामूलक समाज निर्माण हुन नसक्ने भएकाले महिलाहरुलाई सामाजिक विकासमा एकाकार गर्न प्रोत्साहनका लागि प्रदेश सरकारले पुरस्कारको व्यवस्था गरेर पुरस्कृत गरिएको बताएका छन् । समाज तथा परिवारमा महिला आर्थिक रुपमा आत्मनिर्भर नहुञ्जेलसम्म समाजमा व्याप्त लैङ्गिक विभेदको अन्त्य कठीन रहेकोले पनि महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्नका लागि सरकारले प्रोत्साहनको व्यवस्था गरेको उनले बताएका हुन् ।
प्रदेश
प्रदेश सरकारप्रति कांग्रेस प्रमुख सचेतक तामाङको आक्रोशः यो एकलौटी सरकारमा बस्नु भन्दा प्रतिपक्षमा नै गर्व हुन्छ
द नेप्लिज संवाददाताकोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदै
द नेप्लिज संवाददाताअबैध असुलीमा लागेका मधेश प्रदेशका वन तथा वातावरणमन्त्री साह फिर्ता, यादवलाई जिम्मेवारी
द नेप्लिज संवाददातामन्त्री राईद्वारा सावा खोला सडक पुल उद्घाटन
द नेप्लिज संवाददाताराइड सेयरिङ नीतिमा पछि नहट्ने गण्डकी सरकार, वार्षिक नीति तथा कार्यक्रममा नियमन र व्यवस्थापनको अडान
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares