६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

गृहमन्त्रालयद्वारा ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा

द नेप्लिज संवाददाता
६ चैत २०८१, बुधबार

Advertisement

काठमाडौं–  गृह मन्त्रालयले ७ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित ११ जना सहसचिवको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार बुधबार उनीहरूको सरुवा गरिएको हो ।

गृह मन्त्रालयद्वारा प्रकाशित सूची अनुसार, निम्न सहसचिवहरू प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका छन्:

दिलकुमार तामाङ – कपिलवस्तु
भविश्वर पाण्डे – नवलपरासी (पूर्व)
कुमानसिंह गुरुङ – बागलुङ
प्रेमप्रसाद लुइटेल – उदयपुर
आनन्द सारु – अछाम

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्याललाई गृह मन्त्रालय तानिएको छ। सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई पनि मन्त्रालयमै सरुवा गरिएको छ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ। उनी उपसचिव तहका अधिकारी हुन् । गृह मन्त्रालयका जगदीश्वर उपाध्यायलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। गृह मन्त्रालयले प्रशासनिक व्यवस्थापनलाई चुस्त-दुरुस्त बनाउन र स्थानीय प्रशासनलाई प्रभावकारी बनाउन सरुवाहरू गरिएको जनाएको छ।

प्रकाशित : ६ चैत २०८१, बुधबार 13:57
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved