विराटनगर– नवौँ संस्करणको रात्रीकालिन विराट गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा खेल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लबबीच बुधबार विराटनगरस्थित सहिद रंगशालामा हुँदै छ ।
सहिद रंगशालामा साँझ ६ बजेदेखि हुने फाइनल खेलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकप जित्ने लक्ष्यका साथै मैदान प्रवेश गर्दै छ । चर्च ब्वाइज र थ्रीस्टारबीच यो सिजनमा पहिलो पटक आमुन्नेसामुन्ने हुँदैछ ।
विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । चर्च ब्वाईजले एनआरटीलाई २–० र सेमिफाइनलमा पुलिस क्लबलाई १–० गोलले हराएर फाइनलसम्मको यात्रा तय गरेको छ । लिग बिजेता चर्च ब्वाइजले मछिन्द्र र पुलिस जस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले खेलाडीहरुको मनोबल उच्च देखिएको छ ।
यता, थ्रीस्टार पनि दोस्रो पटक गोल्डकपको उपाधि जितेर इतिहास रच्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने दाउमा छ । थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो ।
यो सिजनमा ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा तीन वटा चर्च ब्वाइजले उपाधि जितेको छ । फिदिम फागुनन्द, झापा कप, र बागमती गोल्कडपको उपाधि चर्च ब्वाइजले जितिसकेको छ ।
थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई पराजित गर्दै विराट गोल्डकपको फाइनलमा पुगेको छ । थ्रीस्टारले मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दैै फाइनलमा पुगेको छ।
चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेकोले टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सिजनमा हामीले मोफसलमा भएको तीन वटा गोल्डकपको उपाधि जित्दै विराट गोल्डकपको फाइनलमा पुगेकोले उपाधि उचालेर इतिहास रच्ने लक्ष्य छ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘विराट गोल्डकपसहित यो सिजनको चार वटा उपाधि हामी जित्ने योजनामा छौं ।’
चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘थ्रीस्टार पनि राम्रो टिम हो । फाइलनमा हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एक मात्र लक्ष्य छ,’ उनले भने ।
थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘फाइलनमा हामीले क्याप्टेन योगेश गुरुङलाई धेरै मिस गर्नेछौं । डबल येल्लो कार्ड पाएकाले फाइलनमा कप्तान योगेशको खेल हेर्न पाउने छैनौँ । तर पनि हामी उत्कृष्ट खेलाडी ल्याउनेछौं,’ उनले भने ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares