विराटनगर– ओखलढुंगाको लिखु गाउँपालिकाको ६ देखि ९ नम्बरसम्मको वडाबासीले जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट प्राप्त गर्दै आएको सेवा अब इलाका प्रशासन कार्यालय खिजिफँलाटेबाट प्राप्त गर्ने भएको छ । गृह मन्त्रालयले शुक्रबार मन्त्रीस्तरी निर्णय गरेर जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको सेवा क्षेत्र कटौती गरी इलाका प्रशासन कार्यालय खिजिफँलाटेको विस्तार गरेको छ ।
पूर्वमन्त्री तथा कोशी प्रदेशसभाका सांसद प्रदिपकुमार सुनुवारको पहलमा गृह मन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गरी लिखु गाउँपालिकाको ६ देखि ९ नम्बरसम्म वडाबासीका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्दै आएका सेवाहरु इलाका प्रशासन खिजिफँलाटेबाट प्रदान गर्ने गरी सेवा क्षेत्र विस्तार गर्ने निर्णय गरेका छन् ।
प्रदेश सांसद सुनुवारले लिखु गाउँपालिकाका वडा ६ देखि ९ नम्बरसम्मका बासिन्दालाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगा पुगेर सेवा प्राप्त गर्न तीनदिन लाग्नुका साथै १५ हजारसम्म खर्च हुने गरेको बताए । तर गृह मन्त्रालयको यो निर्णयले उक्त वडाबासीहरुले अब बिहान गएर इलाका प्रशासन खिजिफँलाटेमा सेवा लिइ साँझ घर फर्किन सक्ने भएको भन्दै खुशी व्यक्त गरे । प्रदेश सांसद सुनुवारले गृह मन्त्रालयबाट उक्त निर्णय गराउन एक वर्षदेखि पहल गर्दै आएको र आज आएर बल्ल त्यो निर्णय हुँदा अत्यन्तै सुखद अनुभूति भएको उनले सुनाए ।
स्थानीय सरकार
चार दशकदेखि अलमलिएको सीमा विवाद हल गर्न सोलु–ओखलढुंगाले गठन गरे कार्यदल
द नेप्लिज संवाददाताटेण्डर सूचना लुकाएर ठेक्का बाँडफाँड, तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
द नेप्लिज संवाददाताविराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै
द नेप्लिज संवाददाताकांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान
कृषिमा यान्त्रिकीकरणका लागि रतुवामाईका किसानलाई एक करोडको औजार उपकरण
द नेप्लिज संवाददाताNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares