६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

महायज्ञको नाममा डोमको घर भत्काउने पालिका अध्यक्षसहित फरार

द नेप्लिज संवाददाता
७ चैत २०८१, बिहीबार

Advertisement

विराटनगर– महायज्ञ गर्ने नाममा कथित दलित डोम परिवारको घर भत्काउने घटनामा स्थानीय प्रशासनले चासो देखाएपछि सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादवलगायतका व्यक्तिहरु फरार भएका छन् । औरही गाउँपालिका–५ औरहीमा महायज्ञ गर्ने नाममा डोम परिवारको घर भत्काउने पालिका अध्यक्ष यादव, महायज्ञ गराउने महात्यागी बजरंगी बाबा र पूर्ववडाध्यक्ष तथा जनमत पार्टी औरही अध्यक्ष दिलिप यादव फरार भएका हुन् । 

डोम परिवारको घर भत्काएको घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी उपरीक्षक रमेश पण्डित बिहीबार दिउँसो घटनास्थल र गाउँपालिका कार्यालयमा पुगेका थिए । तर, उनीहरु नभेटिएको र सम्पर्कविहीन बनेकोप्रहरी उपरीक्षक पण्डितले बताए । ‘उनीहरु तीनै जनालाई सम्पर्कमा ल्याइदिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई आग्रह गरेका छौँ,’ उनले भने, ‘‘ुहामी घटनाबारे जानकारी लिइरहेका छौँ तर उनीहरु सबै भागेका छन् ।’ घटनाको सत्यतथ्य बुझेर छानबिन सुरु गरेको र दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउने प्रजिअ दाहालले प्रतिबद्धता जनाए । 

गाउँपालिका अध्यक्ष यादवसहित तीनै जनाले यही चैत १७ देखि हुने महायज्ञका नाममा ३० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय दीपक मरिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काइदिएका थिए । महायज्ञ स्थलमा कथित दलित समुदायको अछूतको घर रहेको भन्दै त्यहाँबाट हटाइएका मल्लिक परिवार घर भएको स्थानको दुई फिट गहिरो माटोसमेत खनेर फालेको थियो । गाउँपालिकाले मरिक परिवारको जनता आवासअन्तर्गत निर्माण भएको पक्की घर भत्काएर अहिले गाउँकै एकान्तमा रहेको सामुदायिक विद्यालयको जग्गामा अस्थायी टहरा बनाइदिएर बस्न लगाएका छन् ।

प्रकाशित : ७ चैत २०८१, बिहीबार 17:13
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved