६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

हत्या पछि फरार, बलात्कारमा पक्राउ

द नेप्लिज संवाददाता
१७ फागुन २०८१, शनिबार

Advertisement

विराटनगर– मोरङमा एक व्यक्तिको हत्या गरे पछि दुई युवक फरार हुन्छन् । फरार अवस्थामै जिल्ला अदालत मोरङले कर्तव्य  ज्यानसम्बन्धी मुद्दामा उनीहरुलाई सजाय पनि तोक्छ  तर उनीहरु फेला पर्दैनन् । फरार रहेकै बेला उनीहरुले दुई किशोरीसँग बलात्कार गर्छन् । पाप धुरीबाट कराउँछ भनेझैँ उनीहरु पक्राउ पर्छन्, अनि पुराना अपराधको पनि खाता खुल्छ ।

तीनै फरार युवकहरु मोरङको उर्लाबारी–५ सूर्य चोकका १९ वर्षीय प्रतीक विक र धनकुटाको चौबिसे–३ गढीगाउँका सनिश याक्खालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरु माथि मोरङको उर्लाबारीका १४ वर्षका दुई किशोरीलाई बन्धक बनाएर यौनशोषण गरेको आरोप लागेको छ ।

दुवै किशोरीलाई तीनदेखि गढीगाउँकै सनिशको घरमा बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । किशोरीलाई विक र याक्खाले फकाएर धनकुटा पुर्याएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध शरीर बन्धक र जबर्जस्ती करणी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

पक्राउ परेका विक र याक्खा बारे खोजबीन गर्दै जाँदा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गत जेठ ९ मा मोरङ जिल्ला अदालतले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा याक्खालाई ८ वर्ष ६ दिन र विकलाई ६ वर्ष २ महिना ६ दिन कैद सजाय तोकेको खुलासा भएको छ । उनीहरुले मोरङका एक व्यक्तिको हत्या गरेको अदालतको फैसलामा उल्लेख छ ।
 

प्रकाशित : १७ फागुन २०८१, शनिबार 20:23
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved