काठमाडौँ– नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) प्रदीप शमशेर जबराको ७८ वर्षको उमेरमा शनिबार राति काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ । प्रहरी प्रधान कार्यालयका एक अधिकृतका अनुसार उनको आजै बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
प्रदीप शमशेर २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको महानिरीक्षकको रूपमा कार्यरत थिए । उनको कार्यकालमा महेन्द्र पुलिस स्विमिङ कम्प्लेक्सको स्थापना भएको थियो जसमा करिब ७ करोड रुपैयाँ खर्च भएको थियो । त्यसैगरी २०५८ मा दरबार हत्याकाण्ड पनि उनको कार्यकालमै भएको थियो ।
प्रदीप शमशेरका छोरा दीपशमशेर जबरा हाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा कार्यरत छन् । परिवारका सदस्यहरूका अनुसार राणा केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए र नर्भिक अस्पतालमा उपचार गराइरहेका थिए । राणाको निधनप्रति नेपाल प्रहरीका वर्तमान तथा पूर्वअधिकारीहरू, सुरक्षाकर्मीहरू र सर्वसाधारणहरूले गहिरो दुःख व्यक्त गरेका छन् । प्रहरी संगठनमा उनको योगदान सधैं सम्झनायोग्य रहनेछ ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares