विराटनगर- सांसद डा. चन्दा कार्कीले प्रहरी महानिरीक्षकलाई प्रधानमन्त्रीले वा प्रधानमन्त्रीको अनुपस्थितिमा गृहमन्त्रीले दर्ज्यानी चिह्न लगाइदिने प्रावधान राख्न प्रस्ताव गरेकी छिन्। नेपाल प्रहरी विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्तावमा उनले यस्तो सुझाव दिएकी हुन्।
उनको प्रस्तावमा भनिएको छ, ‘प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रधानमन्त्रीबाट प्रदान गरिनेछ । प्रधानमन्त्री अनुपस्थित भएको बखत गृहमन्त्रीज्यूबाट प्रदान गरिनेछ।’
हाल गृहसचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न लगाउने प्रचलन छ । विगतमा अवकाशमा जाने प्रहरी महानिरीक्षकले नवनियुक्तलाई दर्ज्यानी चिह्न लगाउने प्रावधान थियो ।
उनले प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता एसइई राख्नुपर्ने प्रस्ताव गरेकी छिन्। प्रहरी निरीक्षकको भर्ना लोकसेवा आयोगबाट निजामतीको अधिकृतसँगै संयुक्त रूपमा हुनुपर्ने संशोधन प्रस्ताव उनको छ ।
एसएसपीदेखि एआईजीसम्मको बढुवामा लोकसेवा आयोगको अध्यक्ष वा अध्यक्षले तोकेको सदस्यलाई समितिको प्रमुख बनाउनुपर्ने र समितिमा गृहसचिव, प्रहरी महानिरीक्षक एवं प्रहरी महानिरीक्षकले तोकेको अतिरिक्त महानिरीक्षक सदस्य राख्नुपर्ने उनको संशोधन प्रस्तावमा भनिएको छ ।
एसपी, डिएसपी र इन्सपेक्टरको बढुवाको समितिमा भने प्रहरी महानिरीक्षक अध्यक्ष, गृह मन्त्रालयको सहसचिव, एआईजी र डिआईजीलाई सदस्य राख्न प्रस्ताव गरिएको छ ।
नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ५१ वटा संशोधन दर्ता भएका छन्। गृह मन्त्रालयले १५ माघमा प्रतिनिधिसभा दर्ता गराएको विधेयकमा ५ माघमा सैद्धान्तिक छलफल भएको थियो।
छलफलपछि सभाले विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको ७२ घण्टाको संशोधन राख्ने समयमा सांसदहरूबाट ५१ संशोधन प्रस्ताव दर्ता भएको प्रतिनिधिसभा विधेयक शाखाले जनाएको छ ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares