विराटनगर– तेली समुदायको सामाजिक एकता, सशक्तिकरण र सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनका लागि रामकुमार साहको नेतृत्वमा तेली कल्याण समाज नेपाल, सुन्दरहरैचा नगर समिति आइतबार गठन गरिएको छ। तेली कल्याण समाज, नेपाल मोरङ जिल्ला अध्यक्ष डा. बालकृष्ण साहको उपस्थितिमा सुन्दरहरैचा–१० विराटचोकमा आयोजित भेलाले नगर अध्यक्षमा साहलाई सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा सञ्जय साह, सचिवमा कृष्ण प्रसाद साहु, सह–सचिवमा अभिषेक साह, कोषाध्यक्षमा अनु कुमारी, सदस्यहरूमा नारद साह, राजन, जितेन्द्र, मिना कुमारी साह, राजन साह, रमादेवी, डोमा साह, रविन्द्र कुमार साह, सचिन साह चयन भएको अध्यक्ष साहले बताएका छन् । नव निर्वाचित नगर कार्यसमितिलाई जिल्ला अध्यक्ष साहले शपथ ग्रहण गराएका हुन् ।
नव निर्वाचित कार्यसमितिले जातीय एकता, सामाजिक समावेशिता र सांस्कृतिक जगेर्नामा अग्रसर रहने प्रतिबद्धता जनाएको छ। भेलामा जिल्ला कोषाध्यक्ष रोहित कुमार साह, सह–सचिव सन्तोष साह, सदस्य गणेश कुमार साह, शत्रुधन साह तथा सल्लाहकार बिन्देश्वर साहको उपस्थिति रहेको थियो।
स्थानीय सरकार
चार दशकदेखि अलमलिएको सीमा विवाद हल गर्न सोलु–ओखलढुंगाले गठन गरे कार्यदल
द नेप्लिज संवाददाताटेण्डर सूचना लुकाएर ठेक्का बाँडफाँड, तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
द नेप्लिज संवाददाताविराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै
द नेप्लिज संवाददाताकांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान
कृषिमा यान्त्रिकीकरणका लागि रतुवामाईका किसानलाई एक करोडको औजार उपकरण
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares