६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

भारतले नेपाललाई थप ६०० मेगावाट विद्युत दिने

द नेप्लिज संवाददाता
१४ चैत २०८१, बिहीबार

Advertisement

विराटनगर– भारतले नेपाललाई थप ६०० मेगावाट विद्युत दिने निर्णय गरेको छ । ऊर्जा मन्त्रालयका अनुसार यो विद्युत इण्डियन इनर्जी एक्सचेञ्जबाट प्राप्त हुनेछ । ढल्केवर–मुजफ्फरपुर प्रशारण लाइनमार्फत नेपालमा आपूर्ति हुनेछ । यस निर्णयपछि नेपालले थप चार घण्टा विद्युत आपूर्ति पाउनेछ ।

ऊर्जा मन्त्री दीपक खड्काले भने,‘नेपाललाई २४ घण्टा विद्युत आपूर्ति गर्न सरकार प्रतिबद्ध छ, लोडसेडिङका हल्लामा नपर्नुहोस् ।’ उनीसँगै, परराष्ट्र मन्त्री आरजु राणाको कूटनीतिक पहल र आग्रहले भारतलाई थप विद्युत आपूर्ति गर्न प्रेरित गरेको बताइएको छ ।

भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो । भारतले मध्यरातदेखि बिहान ४ बजे, विहान ६ बजेदेखि साँझ ५ बजे र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत्  दिने सहमति जनाएको हो । टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट थप ५४ मेगावाट विजुली आयात गर्न सकिने बताइएको छ ।

 

हालको स्थिति अनुसार नेपालका उद्योगहरूमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भइरहेको छ । भारतसँग भएको यस सहमतिको प्रभावले सुख्खायाममा हुने विद्युत संकटलाई केही हदसम्म समाधान गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
 

प्रकाशित : १४ चैत २०८१, बिहीबार 19:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved